काठमाडाैँ- सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरमा राम के.ए.सी.काे लेखन तथा निर्देशनमा नाटक अनुत्तर मञ्चन हुने भएकाे छ ।
सद्भाव थिएटर, नेपालले यही साउन १ गतेदेखि ७ गतेसम्म मञ्चनमा ल्याउन लागेकाे हाे । नाटक पछिल्लो समय, आवाजविहीनहरूको आवाज सत्तालाई कर्कशः लाग्न थालेको महसूस सर्वसाधारणले गर्न थालेका छन्, जुन हामीले वास्तवमा भोगिरहेको देश र हाम्रो यथार्थ नै हो ।
युवाहरु देशमा सपना देख्न छुटिरहेकाे अनुभूति गर्दैछन् । नाटक अनुत्तर, एवं रीतले देश, जीवन र भविष्यसँगको मझधारमा धुल्मुलिएर आफैं हराएका नागरिकता भिरेका अनागरिकहरुको सग्लो तस्वीर देखाउने प्रयास गरेकाे छ ।
नाटक हरेक साझँ ५:३० बजे र अतिरिक्त शो १:३० बजे हुने गरी मञ्चन हुनेछ । यस नाटकको सह–निर्देशन सुशीलालक्ष्मी महर्जनको रहनेछ भने रंगकर्मी किरण चापागाईंको एकल प्रस्तुति रहनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया