मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मौसम खराब भएपछि बारबाडोसमै फस्यो भारतीय क्रिकेट टिम

काठमाडौँ – आइसीसी टी-२० विश्वकपको उपाधि जितेको भारत बेरिल आँधीका कारण बारबाडोसमा फसेको छ । भारतीय टोली आज भारत फर्किन न्युयोर्क उड्ने तालिका रहेकोमा खराब मौसमका कारण बारबाडोसमै फसेको छ ।

एट्लान्टिक क्षेत्रमा आएको २१० किलोमिटर प्रतिघण्टाको गतिमा आएको बेरिल आँधीका कारण विमानस्थल बन्द गरिएको छ ।भारतीय क्रिकेट कन्ट्रोल बोर्ड ‘बीसीसीआई’ सेक्रेटरी जय शाहसहित भारतीय टिम बारबाडोसमा फसेको छ ।

भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार भारतीय टिम ब्रिजटाउनबाट न्यूयोर्क र दुबई हुँदै भारत पुग्ने तालिका रहेको थियो । मौसम खराब भएर विमानस्थलनै बन्द भएपछि अब भारतीय टिमलाई मौसममा सुधार हुना साथ सिधै दिल्लीसम्म चार्टर्ड उडान गर्ने योजना बोर्डले बनाएको बताइएको छ ।

अहिले बारबाडोसमा खेलाडीसहित सहयोगी कर्मचारी, परिवार र बोर्डका अधिकारीसहित करिब ७० जना सदस्य रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?