मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बैरागी काइँला र एलपी जोशीलाई पुरस्कृत गरिने

काठमाडौँ – जनकविकेशरी धर्मराज–सावित्री थापा प्रतिष्ठानले २०८० सालको जनकविकेशरी धर्मराज–सावित्री थापा लोक संस्कृति–साहित्य पुरस्कार र जनकविकेशरी धर्मराज–सावित्री थापा लोक गीत–सङ्गीत पुरस्कारका लागि स्रष्टाको नाम घोषणा गरेको छ ।

प्रतिष्ठानले जनकविकेशरी धर्मराज–सावित्री थापा लोक संस्कृति–साहित्य पुरस्कार आयामिक सिद्वान्तका प्रवर्तकमध्येका एक आयामवादी कवि बैरागी काइँला र जनकविकेशरी धर्मराज–सावित्री थापा लोक गीत–सङ्गीत पुरस्कार लोक संस्कृतिकर्मी एलपि जोशी ९लक्ष्मीप्रसाद जोशी०लाई प्रदान गर्ने भएको हो ।

प्रतिष्ठानका अध्यक्ष मदनराज थापाका अनुसार नेपाली लोक संस्कृति–साहित्यको श्रीवृद्विमा निरन्तर समर्पित भई राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा योगदान गरेकाले कवि काइँलालाई उक्त पुरस्कार प्रदान गर्न लागिएको हो ।

त्यसैगरी विगत ६ दशकदेखि नेपाली लोकगीत गायन र सङ्कलन गर्दै लोकगीत सङ्गीतको समुन्नतिमा लागि परेर यस क्षेत्रमा विशिष्ट योगदान दिँदै आएका लोक संस्कृतिकर्मी जोशीलाई २०८० सालको जनकविकेशरी धर्मराज–सावित्री थापा लोक गीत–सङ्गीत पुरस्कार प्रदान गर्न लागिएको हो ।

पचास हजार राशिका यी दुवै पुरस्कार आगामी साउन १ गते प्रदान गरिने अध्यक्ष थापाले बताए । नेपालको लोक संस्कृति तथा लोकगायनका क्षेत्रमा लामो समय काम गरेका जनकविकेशरी धर्मराज थापा तथा उनकी धर्मपत्नी सावित्री थापाको स्मृतिमा जनकविकेशरी धर्मराज–सावित्री थापा प्रतिष्ठानले यी पुरस्कारको स्थापना गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?