मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

वर्षभर सबै कार्य सिद्धि हुनेछ, श्री हरिलाई यी फूलहरू चढाउनुहोस्

काठमाडौँ – हिन्दु धर्ममा एकादशी तिथिको ठूलो धार्मिक तथा आध्यात्मिक महत्व रहेको छ । यो शुभ दिन पूर्णतया भगवान विष्णुको पूजामा समर्पित छ।

वर्षमा कुल २४ वटा एकादशी मनाइन्छ, जुन प्रत्येक महिना दुई पटक आउँछन्, एउटा शुक्ल पक्षमा र अर्को कृष्ण पक्षमा। यस वर्ष आषाढ महिनाको कृष्ण पक्षको एकादशी (योगिनी एकादशी) भाेली मंगलबार मनाइँदैछ।

कमलको फुल

योगिनी एकादशीको दिन भगवान विष्णुलाई कमलको फूल चढाउनु धेरै शुभ मानिन्छ, किनभने यो देवी लक्ष्मीको प्रिय फूल र आसन हो। साथै यस शुभ तिथीमा श्रीहरिलाई यो फूल चढाउनेलाई धनधान्यको आशीर्वाद प्राप्त हुन्छ। साथै घरमा शुभता पनि आउँछ ।

गाँडाको फूल
एकादशी तिथिमा श्रीहरिलाई गाँडाको फूल चढाउनुपर्छ, किनभने यो रंग भगवान विष्णुलाई अति प्रिय छ। धार्मिक मान्यता अनुसार एकादशीका दिन श्रीहरिलाई गाँडाको फूल चढाउँदा जीवनमा सुख प्राप्त हुन्छ । यसबाट परिवार अगाडि बढ्छ ।

कदम्ब फूल
योगिनी एकादशीको दिन भगवान विष्णुलाई कदम्बाको फूल चढाउनुपर्छ । यसमा राधा रानी र श्रीकृष्णको बास रहेको बताइन्छ । यस्तो अवस्थामा जुन व्यक्तिले यस शुभ तिथिमा श्री नारायणलाई कदम्बको फूल चढाउँछन्, उनीहरूको जीवन शुभ कार्यले भरिपूर्ण हुन्छ। साथै उनीहरुको घरमा सकारात्मक उर्जाको संचार बढ्छ । यसका साथै दाम्पत्य जीवन पनि सुखमय रहन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?