काठमाडौँ– आजभोलिको लागि ह्वाट्सएप सूचना आदानप्रदानको लागि सबैभन्दा शक्तिशाली एप हो । घरेलुदेखि कार्यालयको कामकाजको लागिसमेत ह्वाट्सएपको प्रयोग हुँदै आएको छ । घुम्न जान होस् या पाटी गर्न । सबै योजना बनाउनका लागि ह्वाट्सएप प्रयोग हुँदै आएको छ । यसैले गर्दा पनि ह्वाट्स एपले आफ्नो प्रयोगकर्ताहरुलाई नयाँ नयाँ सुविधा ल्याउदै आएको छ । यसले गर्दा पूयोगकर्ताहरुलाई पनि चलाउनको लागि सहज हुँदै आएको छ ।
प्रयोग कर्तालाई सहज बनाउनका लागि नै ह्वाट्सएपले ‘क्रियट इवेट फिचर’ ल्याएको छ । यो फिचर पहिला सञ्चार गर्नको लागि मात्रै सीमित थियो । तर ह्वाटस् एपले अहिले इवेट क्रियट गर्नको लागि नियमित च्याटलाई रोलआउट गर्दै आएको छ ।
के हुन्छ फाइदा?
नियमित च्याटमा इवेंट क्रियट गर्नको लागि अप्सन दिने गरिन्छ । अप्सन लिइसकेपछि प्रयोगकर्ताले इवेँटलाई अस्वीकार गर्न पाउने छैनन् । साथै साथीहरुले कुराकानी विर्सेर घुम्न जाने प्लान विर्सेको बहाना बनाउनेले पनि यसो गर्न पाउने छैनन् । किनकि क्रियट इवेट फिचरले समय समयमा अलर्ट गर्दछ ।
नयाँ फिचरमा के हुन्छ ?
यो फिचर गुगलको क्यालेन्डरको इनवाइट फिचर जस्तै हुन्छ । यस फिचरमा प्रयोगकर्ताले नाम, डिस्क्रिप्सन, मिति र स्थानलाई जोड्न सकिन्छ । साथै तपाईको साथी उक्त स्थानमा उपलब्ध हुने वा नहुने । यसबारे तपाईले उपस्थिती दिन सक्नेछन् । यसमा अडियो तथा भिडिओ म्यासेज पनि गर्न सकिनेछ । साथै इवेंटलाई लिएर च्याट गर्ने फिचर पनि हुनेछ । यसमा प्रयोगकर्ताले इवेंट र इनवाइटको रिजेक्ट वा एक्सेप्ट पनि गर्न सक्नेछन् । इवेटको विवरणलाई अपडेट गर्न सकिन्छ ।
चरणबद्ध तरिकामा रोल आउट हुनेछ फिचर
यस फिचर पहिलेदेखि ग्रुप च्याटमा उपलब्ध छ । यसको प्रयोगको लागि तपाई ह्वाट्स एपको गुगल प्ले स्टोर अपडेट गर्नुपर्छ । साथै आइओएसको प्रयोगकर्ताले पनि एपको अपडेट गर्नुपर्छ । त्यसपछि चरणबद्ध रुपमा रोल आउट गर्नुपर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया