काठमाडौँ – ई कमर्स साइटबाट उदाएको अमेजनले पनि आफ्नै आर्टिफिसियल इन्टेलिजेन्स (एआई) च्याटबट ल्याउने भएको छ । उसले ओपनएआईको च्याटजीपीटी जस्तै एआई टुल ल्याउन लागेको हो ।
अहिलेसम्म अमेजनले आफ्नो एआई टुलको नाम नराखे पनि उक्त टुललाई मेटिस नामक नामले चिनिने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
ब्राउजरमा आधारित यो एआई टुल च्याटजीपीटी जस्तै कुराकानी गर्न सक्ने क्षमता भएको हुने बताइएको छ । जसमा प्रयोगकर्ताले टेक्स्ट अथवा फोटो राखेर कुराकानी गर्न सक्नेछन् ।
मेटिस अमेजनको एआई मोडेल ओलम्पसद्वारा चल्ने जनाइएको छ । जुन अमेजनले नै सार्वजनिक रूपमा उपलब्ध गराएको टाइटन मोडेलभन्दा बढी शक्तिशाली छ ।
त्यस्तै यो टुल कम्पनीको भोइस असिस्टेन्ट एलेक्सामा उपलब्ध हुने अनुमान गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया