मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

युट्युबले थप्दै छ आफ्ना प्रिमियम सदस्यका लागि यस्ता सुविधा 

काठमाडौँ – आफ्ना प्रिमियम सदस्यहरूका लागि युट्युबले केही नयाँ फिचर्सहरूको घोषणा गरेको छ।

अब यस्ता सदस्यका लागि जम्प अहेड बटन समावेश छ । यसले स्वचालित रूपमा तपाईँले हेरिरहनु भएको भिडियोको सबैभन्दा रोचक भागमा जान सहयोग गर्नेछ। साथै यसमा एआई र भ्यूअर्स डाटा समावेश गरिएको र भिडियोमा डबल–ट्याप गर्दा यो देखा पर्ने उल्लेख छ।

हाल अमेरिकाका एन्ड्रोइड प्रयोगकर्ताहरूका लागि उपलब्ध यी फिचर्स केही हप्तामा आईओएसमा पनि विस्तार गरिने जनाइएको छ।

त्यसैगरी युट्युब सर्ट्सले पनि पिक्चर–इन–पिक्चर (पीआईपी) मोड प्राप्त गर्ने भएको छ, जसले कन्टेन्ट हेर्दै तपाईँलाई मल्टिटास्किङ गर्न अनुमति दिनेछ।

यसबाहेक, युट्युबले आफ्नो लेटेस्ट एक्सपेरिमेन्टल फिचरहरू पनि सार्वजनिक गरेको छ । जुन फिचर पेजमा गएर एक्सेस गर्न सकिने उल्लेख गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?