मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

एसइईको मौका परीक्षा साउन २३ गतेदेखि हुने

काठमाडौँ – माध्यमिक शिक्षा परीक्षा (एसईई) को पूरक परीक्षा आगामी साउन २३ गतेदेखि सञ्चालन गरिने भएको छ ।

आइतबार शिक्षा मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) को बैठकले उक्त निर्णय गरेको हो ।

यसपालिको मौका परीक्षामा एसईई परीक्षा अनुत्तीर्ण सबैले सहभागी हुन पाउने छन् । गत बिहीबार सार्वजनिक भएको एसइईको नतिजामा २ लाख ४२ हजार ३१३ जना अनुत्तीर्ण भएका थिए । अब उनीहरू सबैले मौका परीक्षा दिन पाउने भएका छन् ।  

यसअघि साउन १८ र १९ गते परीक्षा सञ्चालन गर्ने तयारी रहे पनि सबै विद्यार्थीलाई मौका परीक्षामा सहभागी हुन दिने निर्णय भएपछि परीक्षाको पूर्व निर्धारित तालिका संशोधन गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?