मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

रविन्द्र जडेजाले पनि छोडे अन्तर्राष्ट्रिय टी–२० क्रिकेट

काठमाडौँ – भारतीय अल राउण्डर रविन्द्र जडेजाले पनि अन्तर्राष्ट्रिय टी–२० क्रिकेटबाट सन्यास लिएका छन् ।

भारतीय क्रिकेट टिमका अलराउन्डर जडेजाले विश्वकप जितेपछि आइतबार अन्तर्राष्ट्रिय टी–२० क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन् ।

उनले सामाजिक सञ्जालमार्फत जारी दिदै भारी मनका साथ अन्तर्राष्ट्रिय टी–२० क्रिकेटलाई अलबिदा गरेको बताएका छन् । 

उनले भनेका छन्- ‘गर्वको साथ दौडिरहेको घोडा जस्तै, मैले मेरो देशको लागि सधैँ आफ्नो उत्कृष्ट प्रदर्शन गरेको छु र क्रिकेटका अन्य ढाँचाहरूमा त्यो काम जारी राख्नेछु । टी-२० विश्वकप जित्नु एउटा सपना साकार भएको छ । म मेरो टी-२० अन्तर्राष्ट्रिय करियरको शिखरमा छु । तपाईँको सम्झना, प्रोत्साहन र अटल समर्थनको लागि सबैलाई धन्यवाद ।’

बार्बाडोसमा भएको टी–२० विश्वकपको फाइनल खेलमा भारतले दक्षिण अफ्रिकालाई ७ रनले पराजित गरेर दोस्रो पटक टी-२० विश्वकप जितेको छ । 

विश्वकप जितेपछि भारतीय कप्तान रोहित शर्मा र विराट कोहलीले पनि अन्तर्राष्ट्रिय टी–२० क्रिकेटबाट सन्यास लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?