मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

देशैभर मनसुनी वायुको प्रभाव : यी स्थानमा भारी वर्षाको चेतावनी

काठमाडौँ – अहिले देशभर साधरणतया देखि पूर्णतया बदली रहेको छ।

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव  रहेको छ। आज दिउँसो देशभर साधरणतया देखि पूर्णतया बदली रहने छ । 

देशका केही स्थानहरूका मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  साथै कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ। कोशी,बागमती र गण्डकी प्रदेशका एक–दुई  स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।

त्यस्तै आज राती देशभर साधरणतया देखि पूर्णतया बदली रहने छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा देशका बाँकी  भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

साथै कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको  पनि सम्भावना रहेको छ र कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षा हुन सक्ने महाशाखाको पूर्वानुमान छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?