काठमाडौँ– गायिका तारा थापाको स्वर्णिम साँझ – २०८१ हुने भएको छ । ‘कला , साहित्य एवं गीत सङ्गीतको उत्थान र श्रष्टाको सम्मान हाम्रो अभियान’ भन्ने मुल नाराका साथ लाफा रुङ्ग फाउन्डेसनको आयोजनामा सो कार्यक्रम हुन लागेको हो ।
क्यान्सर रोगीहरुको सहयोगार्थ लागि सर्वप्रिय मुर्धन्य गायिका तारा थापाको स्वर्णिम साँझ हुन लागेको आयोजकले जनाएको छ । कार्यक्रम यहीँ आगामी असार २१ गते शुक्रबार दिनको ३ बजे हुने जनाइएको छ ।
कार्यक्रमम प्रत्यक्ष बाध्यबादनको साथ साँस्कृतिक संस्थान (नाचघर), जमलमा हुने जनाइएको छ । गायिका थापाले यस कार्यक्रममा आफूद्वारा गाइएका लोकप्रिय तथा चर्चित गीतहरु प्रस्तुत गर्नेछिन् । साथै गायक देवराज आले, सागर आले र मनोज थापाले उनलाई साथ दिने आयोजकले जनाएको छ ।
कार्यक्रममा गायिका तारा थापाद्वारा गाइएका केही गीतमा नृत्य पनि प्रस्तुत गरिनेछ । कार्यक्रमबाट आम्दानी हुने रकमले क्यान्सर रोगीहरुको पीडाको लागि सहयोग गरिने आयोजकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया