मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पाइरेसीको मारमा पर्‍यो ब्लकबस्टर फिल्म ‘जारी’, मेकर भन्छन्– हटाउने प्रक्रिया थाल्छौँ

काठमाडौँ– गत वर्षको सुपरहिट फिल्म ‘जारी’ पाइरेसीको मारमा परेको छ । दयाहाङ राई र मिरुना मगरको शीर्ष भूमिका रहेको यो फिल्म सामाजिक सञ्जाल र युट्युबमार्फत पाइरेसी भएको हो ।

यसअघि पनि नेपाली फिल्म पटकपटक पाइरेसी हुने गरेका थिए । फिल्म ‘जारी’ ले गत वर्ष सर्वाधिक बढी कमाइ गरेको थियो । सामाजिक सञ्जालमा पनि यो फिल्म डिजिटल प्लेटफर्मममा रिलिज कहिले हुने भनेर दर्शकलाई प्रतीक्षा थियो ।

फिल्मका निर्देशकले फिल्म युट्युबमा लिक भएको आफूले थाहा पाएको र यसबारेमा निर्माण टिमले कानूनी प्रक्रिया अगाडि बढाउने जोय नेपाललाई बताए ।

‘युट्युबमा लिक भएको भन्ने त मैले पनि सुनेको हो, साथीहरुले अब कानूनी प्रक्रिया अगाडि बढाउलान्,’ उनले भने ।

उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेका चलचित्रका निर्माता रामबाबु गुरुङ हुन् ।

बेलाबेलामा नेपाली फिल्म निर्माण टिमको अनुमतिविना पाइरेसीको मारमा पर्दा निर्मातालाई ठूलो घाटा लाग्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?