काठमाडौँ– आज संसद दिवस मनाइँदै छ । । देशमा पहिलो पटक जन निर्वाचित संसद बैठक बसेको दिनको स्मरणमा यो दिवस मनाइने गरिन्छ ।
मुलुकमा प्रजातन्त्र स्थापना भएपछिको २०१५ सालमा भएको पहिलो आमनिर्वाचनबाट गठित संसदको पहिलो बैठक २०१६ साल असार १६ गते बसेको थियो ।
मुलुकमा संसदको पहिलो बैठक बसेको दिनको स्मरणमा हरेक वर्ष विविध कार्यक्रम गरी संसद् दिवस मनाउने गरिएको छ । यसको निरन्तरता आज सङ्घीय संसद् र परामर्शदातृ संस्था पूर्वसांसद मञ्चले विविध कार्यक्रम आयोजना गर्दै छन् ।
पहिलो संसदले २०१६ असार १९ गते नेपाली कांग्रेसका नेता कृष्णप्रसाद भट्टराईलाई सभामुखमा निर्वाचित गरेको थियो । उनी २०१७ साल पुस १ गतेसम्म सभामुखको भूमिकामा क्रियाशील थिए ।
२०१७ साल पुस १ गते तत्कालीन राजा महेन्द्रले दलविहीन पञ्चायती व्यवस्था घोषणा गरेपछि जन निर्वाचित संसद भङ्ग भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया