हाम्रो भान्छामा प्रयोग हुने मसला ज्वानो खानु स्वास्थ्यको लागि लाभदायी हुन्छ । यसलाई खाद्य विशेषज्ञले नेगेटिभ क्यालोरी फुड मा गणना गर्दछन् । यो थोरै मात्रामा खादा पनि पेट भरिएको अनुभव गराउने हुनाले वजन घटाउन चाहनेहरू ले यसको झोल खाने गर्दछन् ।
कम्मर दुख्ने रोगमा
एक पाउ ज्वानो धूलो एक पाउ सखर दुवै बराबर राम्ररी मिसाएर बिहान बेलुका तातोपानी सँग १,१ चम्चा सेवन गर्नाले दुई हप्तामै ठिक हुँदै जान्छ।
नाथ्री फुटेमा
नीमको पात र ज्वानो पानीमा पिनेर दुवै कन्चटमा लगाउनाले रोग निको भएर जान्छ।
रुघा लागेमा, सर्दि भएमा
ज्वानो र बेसार १ चम्चा दिनको ३ पल्ट १ गिलास पानीमा पकाएर खाएमा यसले रुघा पाक्छ र चाँडै आराम हुन्छ।
घाँटी बसेमा
एक गिलास पानीमा ज्वानो र सखर १ चम्चा राम्ररी उमालेर पिउनाले पनि घाँटी बसेको जान्छ।
शरीर दुख्ने रोगमा
भुटेको ज्वानो र सखर मिसाएर ज्वानोको लड्डु बनाउने र बिहान,बेलुका मिस्री पानीसँग नियमित रूपमा खाने गरेमा दुई हप्तामा ठिक हुन्छ ।
सुत्केरीको प्रिय खाना ज्वानो
ज्वानो तरकारी तथा अचारमा स्वादको लागि प्रयोग गरिने वनस्पति हो । यस लाई खाद्य विशेषज्ञहरुले ‘नेगेटिभ क्यालोरी फुड’ मा गणना गर्दछन् । यो थोरै मात्रा मा खादा पनि पेट भरिएको अनुभव गराउने हुनाले वजन घटाउन चाहनेहरु ले यसको झोल खाने गर्दछन्।
रक्सी छुटाउन
ज्वानो प्रयोग गरेर बनाइएको ‘काँढापानी’ प्रत्येक रात सुत्ने बेला ३० मिलिलिटर करिब ५० दिनसम्म सेवन गर्ने हो भने यसले रक्सी अम्मली हटाउन सहयोग गर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया