मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आफ्ना बच्चालाई के सिकाउने ?

भनिन्छ बालबालिका काँचो माटो हुन् । काँचो माटोलाई परिमार्जन गर्दै कुमालेले विभिन्न आकृतिका भाँडाकुँडा बनाएजस्तै बालबालिकालाई पनि विभिन्न ज्ञान र सीप सकाउन सकिन्छ ।

त्यसैले पनि उनीहरूलाई सानैदेखि राम्रा कुरा सिकाउन जरुरी छ । बच्चालाई राम्रो बानी सिकाउने जिम्मेवारी आमाबुबा र अभिभावकको हो । कतिपय कुराहरू बच्चा आफैले भोगेर सिक्छन् । कतिपय कुराहरू आमाबुवाले नै सिकाउनुपर्ने हुन्छ । कतिपय पढेर र धेरै कुरा ठूलो भएपछि आफै सिक्छन् ।

तर उनीहरूको सफलताका लागि अभिभावकले ध्यान दिएर सिकाउनुपर्ने कुरा यस्ता छन् 

– धैर्यता मानिसको साथी हो । धैर्यताले धेरै सफल बनाउन सकिन्छ । आजकलको बच्चामा धैर्यताको कमी देखिन्छ । उनीहरूलाई हरेक कुरा चाँडो र हातमै चाहिन्छ । बच्चालाई धैर्य गर्न सिकाउनुहोस् । उनीहरूलाई धैर्य र मेहनतले नै सबै काम बन्छ भनेर सिकाउनुहोस् ।

– बच्चालाई सही र गलतको फरक छुट्टाउन सिकाउन आवश्यक छ । सही र गलत थाहा भएपछि मात्र उनीहरूमा निर्णय लिने क्षमता राख्छन् । 

– सबैभन्दा पहिला बच्चालाई आफूभन्दा ठूलाको आदर गर्न सिकाउनुहोस् । उनीहरूलाई ठूलो मानिसहरूसँग बोल्दा कसरी शिष्टाचारमा रहेर कुरा गर्नुपर्छ भनेर सिकाउनुपर्छ त्यसको साथै सम्मान गर्न पनि सिकाउनुपर्छ ।

– यदि कोही समस्यामा छ वा कसलाई तपाईँको आवश्यक भएको हुन सक्छ । बच्चालाई यस्तो कुरा सिकाउनुहोस् । जसले गर्दा उनीहरूमा अरूलाई सहयोग गर्नुपर्छ भन्ने भावना आउँछ । चिनेकाहरूको मात्र होइन, आवश्यक परेको मानिस सबैलाई सहयोग गर्नुपर्छ भन्ने कुरा सिकाउनुहोस् ।

– बच्चामा शुरुबाट नै सबै कुरा अरूसँग बाँड्ने बानी गर्नुपर्छ भनेर सिकाउनुपर्छ । यसबाट सम्बन्ध बलियो हुन्छ । यसले गर्दा बच्चाले अरूको भावना र आवश्यकताको पनि ख्याल राख्न सिक्छ । बच्चालाई कुनै पनि वस्तु वा सुविधा सिर्फ उनको लागि मात्र होइन भनेर सिकाउनुपर्छ ।

– आफ्नो बच्चालाई समयको कदर गर्न सिकाउनुहोस् । जीवनमा अगाडि बढ्नको लागि समयको कदर गर्नु एकदमै जरुरी हुन्छ । आफ्नो काम प्रति निष्ठावान् बनाउनुहोस् । 

– कुनै काममा धन्यवाद र माफी माग्ने कान गर्न सिकाउन जरुरी छ । यसबाट बच्चाहरूमा अरू प्रति सम्मानको भावना विकसित हुन्छ ।

यसका अलावा आफ्ना बच्चालाई  आज्ञाकारी बन्न सिकाउनुहोस्, त्यस्तै  प्रार्थना गर्न र इमानदार बन्न सिकाउनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?