काठमाडौँ – क्यानडा कोपा अमेरिकाको क्वाटरफाइनलमा पुगेको छ ।
समूह चरणको अन्तिम खेलमा चिलीसँग गोल रहित बराबरी खेलेसँगै क्यानडा प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो ।
क्यानडाको ३ खेलमा ४ अंक रहेको छ र समूहमा दोस्रो हुँदै क्वाटरफाइनलमा पुगेको छ । यो बराबरीसहित चिली कोपा अमेरिकाबाट बाहिरिएको छ ।
त्यस्तै समूह ए को अर्को खेलमा पेरु अर्जेन्टिनासँग २-० ले पराजित भएसँगै समूहमा ३ खेलमा एक अंकसहित चौथो भएर बाहिरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया