मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पोलेको ठाउँमा मन्जन लगाउनु सही की गलत ?

हामीलाई आगोले पोल्यो भने हामी हामी हत्तपत्त बरफ लगाउँछौ,या धेरैले मन्जन पनि लगाउनुहुन्छ । सामान्यतया चिसो चिज लगाउँदा छालामा फोका उठ्दैन,पोल्दैन भन्ने लाग्छ ।

हामी चिकित्सकसँग परामर्श नै नगरी आफ्नै बुझाई अनुरूप बरफ र मन्जन नगाउने गर्छौ । तर डाक्टरको भनाई अनुसार यस्तो गर्नु हानिकारक पनि हुन सक्छ ।

जलेको ठाउँमा बरफ र मन्जनजस्ता चिज लगाउँदा शरीरको उक्त अंगमा रक्तसञ्चार रोकिन्छ । यही कारण जलेको ठाउँ चाँडो ठिक हुनुभन्दा झन् समय लाग्न सक्छ । 

जलेको भागलाई बगिरहेको पानी अर्थात् धारामा १० देखि १५ मिनेटसम्म राख्नु बुद्धिमानी हुन्छ । यसले सङ्क्रमणको खतरा कम हुन्छ ।

त्यसपछि जलेको भागमा एलोवेरा जेल लगाउनु उपयुक्त हुन्छ । यसो गर्दा जलेको भाग छिटो निको हुनुका साथै फोका पर्ने समस्या पनि आउँदैन । अत्यधिक जलेको छ भने औषधिको प्रयोग गर्नुपर्ने हुन्छ ।

आगोले पोलेमा प्राथमिक उपचार के हुन्छ ? 

– सबैभन्दा पहिले आगोले छाला कत्तिको गहिराई र भाग पोलेको छ भनेर बिचार गर्नुपर्छ । 

– छालाको धेरै भाग पालेको छैन भने चिसो लगाउने या पानीले सफा गरेर एन्टीबायोटिक क्रिम लगाउन सकिन्छ । तर धेरै गहिरो र धेरै भाग आगोले पोलेको छ भने घरमा उपचार गर्नुभन्दा सकेसम्म छिटो स्वास्थ्य संस्था जानुपर्छ । 

– आगोले धेरै नै पोलेको छ भने शरीरमा पानीको मात्रा कम हुने, सोडियम, पोटासियम कम हुने र संक्रमण हुने सम्भावना बढ्छ । 

– पोलाई गहिरो छ तर समयमै उपचार भएन भने छालामा दाग बस्ने, छाला कस्सिने समस्या हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?