मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

महोत्तरीमा एउटा मात्र सामुदायिक विद्यालयको शतप्रतिशत नतिजा

महोत्तरी– महोत्तरीमा ११ वटा संस्थागत र सामुदायिक विध्यालयहरुले एसईईमा शतप्रतिशत नतिजा ल्याउन सफल भएका छन ।

एउटा सामुदायिक विद्यालय र वाकी १० वटा संस्थागत विद्यालयहरुले शतप्रतिशत नतिजा ल्याउन सफल भएका जिल्ला शिक्षा विकास तथा समन्वय ईकाई महोत्तरीले जनाएको छ ।

सामुदायिक विद्यालयहरु मध्ये जन जागृती माध्यामिक विद्यालय पाटु बर्दिवास शतप्रतिशत नतिजा ल्याउने जिल्ला कै एक्लो विद्यालय  वनेको छ भने वाकी संस्थागत विद्यालयहरु छन ।

संस्थागत विद्यालयहरुमा एभरेस्ट पब्लिक बोर्डिङ्ग स्कुल बर्दिवास, भानुभक्त स्कुल गौशाला, ग्लोबल एकेडेमी बर्दिवास, गुरुकुल एकेडेमी बर्दिवास, न्युटन भ्यू स्कुल रामगोपालपुर, शिशु ज्ञान निकुञ्ज जलेश्वर, ग्यालेक्सी अङ्ग्रेजी विध्यालय मनरासिस्वा, सनराईज स्कुल औरही, चिल्ड्रेन ग्लोरी औरही, सिदार्थ अङ्ग्रेजी स्कुल बर्दिवास र जानकी सितल स्कुल रहेका छन ।

२०८० असार १३ गते प्रकाशित एसईईको नतिजाअनुसार उत्कृष्ट जीपीए ल्याएर एभरेष्ट स्कुल बर्दिवास जिल्ला कै  पहिलो वनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?