मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यस्ता छन् दही चिउरा खानुका फाइदा

आज असार १५ अर्थात् नेपाली समाजमा धान रोपाई गरी दही चिउरा खाएर मनाउने परम्परा छ । रोपाइँ गरेर थाकेको अवस्थामा पोसिलो र शीतलता प्रदान गर्ने खाद्य परिकार दही चिउरा अचार खाजा खाने प्रचलन छ ।

वर्षामा हिलाम्य भएको शरीरमा ऊर्जा दिने भएकाले दही–चिउरा खाने चलन रहेको पोषणविद्हरू बताउँछन् ।

खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि दही चिउरा खाएर आजको दिन मनाउने गर्दछन् । यसकारण आज हामी दही चिउराले स्वास्थ्यलाई कति फाइदा पुर्‍याउँछ भन्ने विषयमा जानकारी गराउँछौ । 

–दहीमा पाइने स्वस्थ ब्याक्टेरियाले पाचन क्रियालाई सहयोग पुर्‍याउँछ । दही चिसो हुने भएकाले यसले मसालेदार खानेकुराको असरलाई कम गर्दछ ।

–दहीले कोलेस्ट्रोलको मात्रालाई पनि नियन्त्रणमा राख्छ जसका कारण दही नियमित खाने व्यक्तिको मुटु स्वस्थ हुन्छ ।

–दहीमा पाइने स्वस्थ ब्याक्टेरियाले प्रतिरोधी क्षमतामा वृद्धि गर्दछ ।

–दहीमा क्याल्सियम र फस्फोरसको मात्रा अत्यधिक हुने भएकाले यसले दाँत र हड्डीलाई बलियो बनाउँछ । नियमित रूपमा दहीको सेवनले हड्डीसम्बन्धी रोग लाग्नबाट जोगाउँछ ।

–दहीलाई घरेलु फेस प्याकमा अत्यधिक प्रयोग गरिन्छ । दहीमा जिङ्क, भिटामिन ई, फस्फोरसजस्ता मिनरल्स पाइने भएकाले यसले छालालाई जवान राख्छ । दहीमा पाइने ल्याक्टिक एसिडले कपालको चायाँबाट राहत प्रदान गर्दछ । मेहेन्दीमा दही मिसाएर लगाउँदा चायाँ हट्नुका साथै कपाललाई नरम र चम्किलो राख्न मद्दत गर्दछ ।

–दहीमा पाइने क्याल्सियमले शरीरमा कार्टिसोल बनाउन सहयोग गर्दछ । शरीरमा कार्टिसोलको असन्तुलनले मोटोपना, हाइपरटेन्सन र कोलेस्ट्रोल बढाउने गर्दछ ।

 –चिउरामा भिटामिन ए, सी, क्याल्सियम र आइरनको प्रचुर मात्रा पाइन्छ । चिउरा फ्याट र ल्याकटोस नहुने भएकाले मुटुका लागि निकै स्वस्थ हुन्छ । चिउरामा आइरनको मात्रा धेरै हुन्छ । यसमा भिटामिन बी, कार्बोहाइड्रेट र प्रोटिन हुन्छ ।

–चिउरा निकै सजिलै पच्ने भएकाले पाचनमा समस्या हुनेहरूले प्रयोग गर्न सक्छन् । चिउराले मधुमेह रोगीलाई निकै फाइदा पुर्‍याउँछ । यसको सेवन गर्दा धेरै बेरसम्म भोक नलाग्ने र रगतमा सुगरको सञ्चार ढिलो गराउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?