मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यसरी छुटकारा पाउनुहोस् काखी गन्हाउने समस्याबाट 

काठमाडौँ – कतै तपाई काखी गन्हाउने समस्याले सामाजिक रूपमा लज्जित हुनुपरेको त छैन ? यदि त्यसो भए कागती निकै एउटा उपाय हो। यस यसको प्रयोगबाट तपाई शरीरको गन्धबाट छुटकारा पाउन सक्नुहुन्छ।

नुहाउने समयमा काखीमा कागतीको टुक्राले हल्का–हल्का करिब १० मिनेटसम्म रगड्नुहोला। त्यसपछि सफा पानीले पखालेर जिउ सफा गर्नुहोला। त्यसपछि तपाईँले पूरा दिनभरि आफ्नो शरीरबाट दुर्गन्ध कम भएको महसुस गर्न सक्नुहुन्छ।

साथै हरेक बिहान कागती पानी या चियामा कागती हालेर सेवन गर्दा पनि शरीरबाट आउने दुर्गन्ध कम हुन्छ। त्यस्तै एप्पल साइडर भिनेगरको सेवनले पनि शरीरको दुर्गन्ध हटाउन सकिन्छ।  यसको सेवनले शरीरको ब्याक्टेरिया नष्ट हुनुको साथै कम पसिना आउँदछ । 

चिल्लो र धेरै मसालेदार खाना खादा पनि शरीरबाट दुर्गन्ध आउँछ । यस प्रकारका खानेकुराहरू छाडेर हरियो सागपात र ताजा फलफूल सेवन गर्न शुरु गर्नुहोला।

जुनार, एक यस्तो फल हो, जसले तपाईँको पाचन प्रणालीलाई दुरुस्त राख्नुको साथै शरीरबाट दुर्गन्ध आउने समस्या पनि हटाउँछ।  प्रयोगले तपाईँलाई दिनभर ताजा राख्न मद्दत गर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?