काठमाडौँ – जारी युरोकपमा आजदेखि नकआउट चरणका खेलहरू हुँदै छन् । नकआउट चरणको खेलमा आज जर्मनी र डेनमार्क खेल्दै छन् । यो खेल नेपाली समय अनुसार राति १२: ४५ बजेदेखि शुरु हुँदै छ ।
युरोकपको आयोजक समेत रहेको जर्मनीले समूह ए मा ३ खेल मध्ये २ जित र एक बराबरीसहित शीर्ष स्थानमा रहँदै नकआउटमा पुगेको छ ।
त्यस्तै डेनमार्कले समूह सी बाट तिनै खेल बराबरी खेलेर दोस्रो स्थानमा रहँदै नकआउटमा पुगेको हो ।
जर्मनीले अहिलेसम्म तीन पटक युरोकप जितेको छ भने तीन पटक उपविजेता बनेको छ । जर्मनीले पछिल्लो पटक १९९६ मा युरोकप जितेको थियो भने २००८ मा उपविजेता बनेको थियो ।
त्यस्तै डेनमार्कले १९९२ मा युरोकप जितेको थियो । त्यस यता डेनमार्क युरोकपको फाइनलमा पुग्न सकेको छैन ।
जर्मनी र डेनमार्कबीच अहिलेसम्म २८ खेल भएका छन् । जसमा जर्मनीले १५ खेल जितेको छ भने डेनमार्कले ८ खेल जितेको छ । त्यस्तै ५ खेल बराबरीमा सकिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया