मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यी हुन् गर्भवतीले अनिवार्य गराउनुपर्ने केही परीक्षणहरू

काठमाडौँ – कुनै पनि महिला गर्भवती भएपछि आफ्नो र शिशुको स्वास्थ्य अवस्था जानकारीका लागी गर्भावस्थामा विभिन्न परीक्षण गराउन जरुरी हुन्छ । गर्भावस्थामा गराउनै पर्ने केही परीक्षणहरू यस प्रकार रहेका छन् ।

सामान्य रक्त परीक्षण

गर्भवतीको स्वास्थ्यमा कुनै समस्या छ छैन पत्ता लगाउन रक्त (हेमोग्लोबिन, प्लेटलेट, रातो रक्त कोशिका इत्यादिको) परीक्षण गराउनु पर्छ । यसका अतिरिक्त एड्स, रुबेला जस्ता जटिल रोगहरू छन् वा छैनन् भन्ने कुरा पत्ता लगाउन पनि यो जाँच गरिन्छ ।

हेपाटाइटिस परीक्षण

गर्भवतीमा हेपाटाइटिस छ छैन पत्ता लगाउनका लागी यो परीक्षण गर्नुपर्छ । विशेषतः गर्भावस्थामा हेपाटाइटिस अझै जटिल हुन्छ ।

मूत्र विश्लेषण

गर्भवतीमा सुगर तथा प्रोटिनको परीक्षण गरेर गेष्टोसिस वा मधुमेह तथा मूत्र मार्ग सङ्क्रमण छ वा छैन पत्ता लगाउन यो परीक्षण गर्नुपर्छ

अल्ट्रासाउन्ड

भ्रूणको वृद्धि, विकास, स्थान, आकारको जाँच तथा गर्भाशयमा हेरेर विकलाङ्गता पत्ता लगाउन यो परीक्षण गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?