काठमाडौँ – हाम्रो दैनिक जीवनमा प्लास्टिकको प्रयोगलाई लिएर विभिन्न अध्ययनहरू भएका छन् ।
जन्मेदेखि मृत्युपर्यन्त प्रयोगमा आउने यो बस्तुको सकेसम्म कम प्रयोग गर्नु नै हितकर हुनेमा दुई मत छैन । यस्तैमा बच्चालाई खुवाउनको लागि प्रयोग गरिने बोतल प्लास्टिकको भए त्यसले हानी गर्छ कि गर्दैन भन्ने चासो पनि यसैसँग जोडिएर आउने विषय हो ।
यसमा हामीले बुझ्नुपर्ने कुरा के छ भने यदि तातो दूध प्लास्टिकको बोतलमा खन्याइयो भने यसले विषाक्त प्रतिक्रिया निम्त्याउन सक्छ।
यसमा पाइने बिपिए अर्थात बिस्फेनोल ए एक औद्योगिक रसायन हो । जुन १९६० को दशक देखि केहि प्लास्टिक र रेजिन बनाउन को लागी प्रयोग गरिएको छ। बिपिए पोलि कार्बोनेट प्लास्टिक र एपोक्सि रेजिन मा पाइन्छ।
पोलि कार्बोनेट प्लास्टिक प्राय कन्टेनरहरूमा प्रयोग गरिन्छ जसले खाना र पेय पदार्थहरू भण्डारण गर्दछ । जस्तै पानीको बोतलहरू यो शरीरको लागि घातक हुन्छ।
शरीरको हर्मोनमा गडबडी हुन सक्छ। त्यसैले धेरै देशहरूमा बीपीएबाट बनेका उत्पादनहरू प्रतिबन्धित छन्। बच्चाको बोतलमा बीपीए फ्री पनि लेखिएको हुन्छ। बीपीए बच्चाको व्यवहार परिवर्तन गर्न पनि जिम्मेवार हुन सक्छ । त्यसैले बच्चाको बोतल किन्नु अघि राम्ररी जाँच्न जरुरी छ।
यसको राम्रो विकल्प सिसाको गिलास हुनसक्छ । यसको प्रयोग पुरानो लाग्न सक्छ तर बच्चाको स्वास्थ्यको दृष्टिकोणले यो सही हो भने यो रिसाइकल गर्न योग्य छ।
त्यस्तै स्टेनलेस स्टील बेबी बोतल पनि यसको विकल्प बन्न सक्छ । जोे प्रयोग गर्न टिकाऊ छ। स्टेनलेस स्टील प्राकृतिक रूपमा इन्सुलेट छ। यसको मतलब बोतल भित्रको तरल पदार्थ तातो वा चिसो अवस्थामा रहन्छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया