मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

लौकाको जुस पिउनु हुन्छ ? हुन्छ यति धेरै फाइदा

काठमाडौँ– लौकाको जुसमा चिनीको मात्रा हुँदैन र त्यसमा फाइबर धेरै मात्रामा हुन्छ । लौकाको जुसमा भिटामिन ‘सी’ बढी पाइने हुनाले यसलाई खाने गरिन्छ । लौकाको जुसमा ९२ प्रतिशत पानी, भिटामिन ‘के’, क्याल्सियम र अन्य धेरै मिनरल्सहरु पाइन्छ ।

लौकाको जुस पिउनुका फाइदाहरू

–लौकाको जुसले गर्मीको समयमा धेरै फाइदा पुर्‍याउँछ । लौकाको जुस आफैँमा चिसो हुने हुनाले शरीरमा गर्मीको मात्रा कम गराई चिसो राख्न मद्दत गर्छ । गर्मीको समयमा नाकबाट रगत आउने, खाना मीठो नहुनेजस्ता समस्या कम गर्न यो लाभदायक हुन्छ ।

– मुटुलाई स्वस्थ बनाउँछ । लौकाको जुस नियमित प्रयोग गर्नाले कोलेस्ट्रोल कम हुन्छ र उच्च रक्तचापलाई नियन्त्रण गर्दछ ।

– सुगर रोगको लागि फाइदाजनक हुने गर्दछ । लौकाको जुसमा चिनीको मात्रा कम हुने भएकोले यो सुगरका बिरामीले सजिलै यसको प्रयोग गर्न सक्छन् । लौकाको जुसमा फाइबर धेरै र क्यालोरी कम हुन्छ ।

– तौल कम गर्नको लागि पनि लौकाको जुस प्रयोग गर्ने गरेको पाइन्छ । हामीले तौल कम गर्नका लागी विभिन्न किसिमका फाइबर प्रयोग गरेका हुन्छौ । सबैभन्दा बढी फाइबर लौकामा पाइने हुनाले यसको प्रयोग बढी हुने गर्दछ ।

– ग्यास्ट्रिक, अल्सर भएको बेलामा पनि धेरै फाइदाजनक हुन्छ । यसले शरीरभित्र रहेको ग्यासलाई नियन्त्रणमा राख्छ ।

– मानसिक तनाव कम गर्नमा मद्दत गर्छ । लौकाको जुसमा कोलिन पाइन्छ । कोलिन एउटा न्युरो ट्रान्समिटर हो जसले दिमागको क्षमता बढाउँछ र तनाव कम गर्छ । मानसिक समस्या लाईसमेत यसले धेरै मद्दत पुर्‍याउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?