पसिना आउने कारण धेरै हुन्छन् । जसमा वंशाणुगत कारण, गर्मीमा धेरै शारीरिक श्रम गर्दा, खेलकुदको अभ्यास वा व्यायाम बढी गर्दा, तेलयुक्त मसलादार खाना बराबर खाँदा, कब्जियत हुँदा लगायतका कार्यबाट पसिना आउँछ।
अन्य कुनै शारीरिक रोग वा समस्या भएमा व कुनै संक्रमित रोगहरू जस्तो मलेरिया, टाइफाइड, डेंगु ज्वरो लगायतमा रोग लागेमा पनि शरीरबाट पसिना आउँछ।
साथै मानसिक तनाव, चिन्ता, डर, भयलगायतबाट पनि बढी पसिना आउँछ। यस्तै शारीरिक रूपले अत्यधिक मोटो हुनु तथा शरीरको इम्युनोसिस्टमको कारण थाइराइड ग्रन्थी बढी सक्रिय भयो भने पनि पसिना धेरै आउँछ।
किन गनाउँछ पसिना ?
पसिना एउटा बास्नाहीन र गन्धरहित हुन्छ। जब हाम्रो शरीरबाट पसिना निस्किन्छ तब छालाको सतहमा तह बन्न पुग्छ। त्यो पसिनामा कुनै कीटाणु भयो भने पसिना गनाउँछ। शरीर फोहोर भयो भने पनि पसिना गनाउने हुन्छ। काखी, महिलाको स्तनको बीच भाग, थाइको बीचमा गन्ध धेरै आएको महसुस हुन्छ।
बढी पसिना आउन नदिन के गर्ने ?
सामान्यतया हामीले सजिलै गर्न सक्ने भनेको आफ्नो शरीरलाइ शीतल ठाउँमा राख्ने हो । जसबाट धेरै पसिना आउँदैन । पसिना बढी नआउन हामीले खानपानमा पनि ध्यान दिनुपर्छ।
जसमा पानी प्रशस्त मात्रामा खाने, आफ्नो खानामा हरियो साग–सब्जीकासाथै दही, मही, तथा मौसमअनुसारको पानीयुक्त फलफूल तरबुजा, खरबुजा, काँक्रो बढीमात्रामा खाने, नरिवल पानी पिउने, चिया, कफी, बरफको सेवन नगर्ने, राति अबेरसम्म नबस्ने, धेरै बेर भोको नरहने घाममा निस्किदा छाताको प्रयोग गर्ने, पेट्रोलियमबाट बनेका लोसनको प्रयोग नगर्ने, बेकिङ पाउडर अथवा मकैको पीठोको पनि प्रयोग गरेर केही समयपछि नुहाउन सकिन्छ ।
बेबि पाउडर, सुगन्धित अथवा सुगन्ध नभएको पाउडर लगाउन सकिन्छ । पाउडरले पसिनालाई सोस्छ र बिहान व्यायाम गर्दा पनि सजिलो गराउँदछ । बढी मसलादार खाना नखाने, खानामा लसुन, अदुवा, गोलमरीचको प्रयोग कम गर्ने र प्याजको सेवन गरियो भने अत्यधिक आउने पसिनाको मात्रालाई घटाउन सकिन्छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया