मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

भोलिदेखि महिलाको टोली गन्जला चुलीको आरोहणमा निस्कने

काठमाडौँ – २७ जना महिला आरोहण टोलीले शनिबारदेखि सिन्धुपाल्चोकको पाँचपोखरी थाडपाल गाउँपालिकामा रहेको गन्जला चुली ‘कांगा’को आरोहण सुरु गर्ने भएको छ । पाँंच हजार आठ सय ६३ मिटरको आरोहणका लागि उनीहरु त्यसतर्फ प्रस्थान गरिने शुक्रबार प्रेस विज्ञप्ति प्रकाशित गरी जानकारी गराइएको छ । आरोहण अवधि दुुई हप्ताको रहने जनाइएको छ ।

सन् २००८ मा १० जना समोवशी नेपाली महिला समुहले विश्वको उच्च शिखर सगरमाथाको सफल आरोहण गरेको थियो । त्यसै आरोहणका समुहका सात सदस्यहरु सन् २०१० देखि क्रमशः विश्वका सातै महादेशका अग्ला हिमाल आरोहण अभियान शुरु गरेको थियो । सन् २०१४ मा सबै शिखरहरुको सफलताका साथ आरोहण सम्पन्न गरी यो टोली विश्वकै पहिलो महिला टोली बन्न सफल भएको थियो ।

यसपश्चात यही टोलीले विश्व समावेशी साहसी संस्थामार्फत शिक्षा, वातावरण र सशक्तिकरणमा विभिन्न कार्यक्रम गर्दे आइरहेको जनाइएको छ । यसै अन्र्तगत हिमाली वातावरण संरक्षण र सशक्तिकरणमा विभिन्न कार्यक्रम गर्दै आइरहेको छ । यसै अन्र्तगत हिमाली वातावरण संरक्षण तथा सरसफाई, पीछडिएका महिला तथा बेचविखनका परेका र जोखिममा रहेका किशोरीहरुलाई शिक्षा, सिप र आत्मनिर्भरताका लागि नेतृत्व विकास जस्ता कार्यक्रम गर्दै आएको टोलीमा सहभागी एकजना आरोही कल्पना महर्जनले बताइन् ।

यसै अन्र्तगत हिमाली वातावरण संरक्षण तथा सरसफाई पीछडिएका महिला तथा बेचविखनमा परेका र जोखिममा रहेका किशोरहरुलाई शिक्षा, सिप र आत्मनिर्भताका लागि नेतृत्व विकास कार्यक्रम विगत दुई वर्षदेखि सिन्धुपाल्चोक र काठमाडमौं ७ वटा सेन्टरहरुबाट फिमेल लिडरसिप एकाडेमी कार्यक्रमहरुमध्ये किशोरीहरुलाई शिक्षा, सिप र आत्मनिर्भरताका लागि नेतृत्व विकासमा जस्ता कार्यक्रम गर्दै आएको उनले बताइन् ।

उक्त कार्यक्रमहरुमध्ये किशोरीहरुलाई शिक्षा, सिप र आत्मनिर्भरताका लागि नेतृत्व विकास कार्यक्रम विगत दुई वर्षदेखि सिन्धुपाल्चोक र काठमाडौंका ७ वटा सेन्टरहरुबाट फिमेल लिडरसिप एकाडेमी कार्यक्रमअन्तर्गत संचालन भइरहेको छ ।

नेपाल पर्यटनको लागि आकर्षक गन्तब्य भएको र यसको उचित पहिचान र स्थानीयलाई रोजगराीको प्रचुर सम्भावना र अवसर रहेकोले यस विश्व समावेशी साहसी संस्थाले शुरुवाती दिनहरुबाटै मानव स्रोतमा लगानी गर्दै आइरहेको जनाइएको छ । काठमाडौंबाट नजिक सिन्धुपाल्चोकमा प्रयाप्त पर्यटकीयस्थलहरु रहेको र यसलाई पनि पर्यटन गन्तब्य बनाई राािष्टय र अन्तराष्र्टिय रुपमा चिनाउने उद्देश्यले विभिन्न कामहरु भइरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?