मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सर्लाहीमा चट्याङ लागेर ६४ बर्षिया महिलाको मृत्यु

सर्लाही । सर्लाहीको वागमती नगरपालिका स्थित चट्याङ लागेर एकजना महिलाको मृत्यु भएको छ । आज बिहान आफ्नै खेतमा काम गरिरहेको अवस्थामा बागमती १ मिलनचोक घर भएकी दिल बहादुर आले मगरको श्रीमती ६४ बर्षिया गोमा आले मगरको चट्याङ लागेर मृत्यु भएको हो।

चट्याङ लागेर गम्भीर घाईते भएकी मगरको वागमतीमै सामान्य उपचार पछि थप उपचारको लागि नारायणी अस्पताल बिरगंज लैजाँदा डाक्टरले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी दिपक श्रेष्ठले जानकारी दिएका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?