मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

इरानमा राष्ट्रपतिको लागि मतदान शुरु

काठमाडौँ – इरानमा राष्ट्रपति चयनका लागि शुक्रबार बिहानैदेखि मतदान शुरू भएको छ । स्थानीय समयअनुसार बिहान ८ :०० बजे देशभरका ५८ हजार ६४० मतदान केन्द्रमा मतदान सुरु भएको हो ।

गत महिना हेलिकप्टर दुर्घटनामा दिवङ्गत भएका राष्ट्रपति इब्राहिम राइसीको स्थानमा नयाँ नेतृत्व चयन गर्न निर्वाचन हुन लागेको छ । 

मिडिया रिपोर्टका अनुसार शनिबार बिहानसम्ममा प्रारम्भिक र आइतबारसम्ममा औपचारिक नतिजा आउने अनुमान गरिएको छ ।

यस मतदानमा करिब छ करोड १० लाख इरानी नागरिक मतदानका लागि योग्य रहेका छन् । राष्ट्रपतिका लागि सुधारवादी नेता ६९ वर्षीय मसूद पेजेशकियान, सभामुख मोहम्मद बघेर गालिबाफ, पूर्व आणविक वार्ताकार सइद जलिली र सुरक्षा अधिकारी रहेका मोस्ताफा पोउरमोहमदी चुनावी मैदानमा रहेका छन् ।  

६ उम्मेदवार रहेपनि चुनावको अन्तिम समयमा तेहरानका मेजर अलिरेजा जकानी र रईसीका पूर्व उपराष्ट्रपति अमिर होसेन गाजिजादेह हाशेमी उम्मेदवारी फिर्ता लिएका थिए ।

यदि कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत प्राप्त गरेनन् भने जुलाई ५ मा दोस्रो चरणको मतदान हुनेछ । सन् २००५ को मतदानपछि इरानी चुनावी इतिहासमा दोस्रो पटक मतदान भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?