मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आईसीसी टी २० विश्वकप

कहिले हुँदैछ भारत र दक्षिण अफ्रिकाबीचको फाइनल खेल, कति छ टिकटको मूल्य ?

काठमाडौँ – जारी आईसीसी टी २० विश्वकपमा उपाधीका लागि भारत र दक्षिण अफ्रिका भिड्दै छन् । गुयनामा गए राति सम्पन्न दोस्रो सेमिफाइनल खेलमा इङ्ल्याण्डलाई ६८ रनले हराउँदै भारत विश्वकपको फाइनलमा पुगेको हो ।

जहाँ अफगानिस्तानलाई हराउँदै दक्षिण अफ्रिकाले पनि पहिलो पटक विश्वकपको फाइनलमा पुगेर अभागी ट्याग लागिरहेको छापलाई मेटेको छ।

दक्षिण अफ्रिका राम्रो टोली भए पनि विश्वकप फाइनल पुग्न नसक्दा अभागी टोलीको ट्याग लगाइएको थियो । टी २० विश्वकपअन्तर्गत सेमिफाइनलमा २००९ मा पाकिस्तानसँग र २०१४ मा भारतसँग पराजित भएको थियो।

समग्रमा ७ विश्वकप सेमिफाइनलमा पराजय भागेको दक्षिण अफ्रिकाले एक दिवसीय क्रिकेट विश्वकपअन्तर्गत सेमिफाइनलमा १९९२ मा इंग्ल्यान्डसँग, १९९९, २००७ र २०२३ मा अस्ट्रेलियासँग तथा २०१५ मा न्युजिल्यान्डसँग पराजित भएको थियो। 

यता भारत १० वर्षपछि फाइनलमा पुग्न सफल भएको छ ।  पछिल्लो पटक २०१४ मा भारत फाइनल पुगेको थियो भने भारतीय टोली विश्वकप फाइनलमा पुगेको यो तेस्रो पटक हो ।

सन् २००७ मा आयोजित पहिलो संस्करणको विजेता समेत बनेको भारतले त्यसयता उसले यो प्रतियोगिता जित्न सकेको छैन । फलतः यो पल्ट भारत यो खडेरी चिर्न चाहन्छ । 

अब यी दुई राष्ट्रबीच फाइनल खेल  शनिबार राति ८१५ बजेदेखि बार्बाडोसस्थित केनसिंन्टन ओभल स्टेडियममा हुने छ । 

जहाँ दर्शकका लागि ४ प्रकारको सिटको व्यवस्था गरिएको छ । रङ्गशालामै गएर खेल हेर्न चाहनेले ८० डलर देखि १ हजार ५ सय डलरसम्मको टिकट किन्न सक्नेछन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?