सहरमा तरकारी बजारबाट च्याउ किनेर ल्याउने प्रचलन भए पनि गाउँघरमा कतिपयले जङ्गलबाट ल्याउने गर्दछन्। यस्तो अवस्थामा धेरै पटक विषालु च्याउका कारण मृत्युको खबर आउने गर्छ।
धेरैले च्याउ खाएकै कारण अकालमा ज्यान गुमाउनुपरेको हामीले सुन्दै आएका छौँ। वर्षाको समयमा यस्ता खबर अझ बढी हुँदा अहिलेसम्म विषालु च्याउ र खान हुने च्याउ भनेर छुट्टाउनका लागि भरपर्दो प्रविधिको विकास नै भइसकेको छैन ।
तर अहिलेसम्मका अनुसन्धानका आधारमा निम्न तरिकाले विषालु प्रजातिका च्याउहरू छुट्टाउन सकिन्छ।
– च्याउ भाँच्दा चोप निस्कियो भने र छुँदा त्यसको रङमा परिवर्तन आएमा त्यो विषालु हो।
– बैजनी तथा गाढा रातो रङका च्याउ प्राय विषालु हुन्छन्।
– च्याउको माथि रहने छाता छाम्दा चिल्लो सतही भयो भने त्यो खानयोग्य हो तर खस्रो एवं तलमाथि उठेको देखिएमा विषालु हो भनी अनुमान गर्न सकिन्छ।
– नमिठो गन्ध, तीतो स्वाद, धेरै झुस भएका र माटो तथा गोबर काठ दाउरामा उम्रेका च्याउ खाँदा बिचार पुर्याउनु पर्दछ।
– विषालु च्याउको वरिपरि किराहरू नलाग्ने हुन्छ, त्यसैले यी च्याउहरू देख्दा राम्रा तथा चिटिक्क परेका आकर्षक देखिन्छन्।
– च्याउलाई कुखुराको अण्डा एवं दूधमा राख्दा केही समय पश्चात् दूध फाटेमा एवं अण्डा जमेमा पनि उक्त च्याउ विषालु हुनसक्छ।
यी च्याउ जाँच्ने सामान्य विधि मात्र हुन्। यसैका मात्र आधारमा विषालु हो वा होइन भनी छुट्टाउन गारो हुन्छ यसका लागि अनुभव र विज्ञता नै आवश्यक छ। तर गाउँघर जहाँ च्याउ सङ्कलन गरिँदै आएको छ त्यहाँ अलिकति भए पनि सहजता होस् भनेर यहाँ प्रस्तुत गरिएको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया