मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

काठमाडौँदेखि थाइल्याण्डसम्म बस चलाउने बारे अध्ययन हुँदै

काठमाडौं- टुरिष्ट बस एशोसियसन अफ नेपाल (टिवान)को टोली काठमाडौंदेखि थाइल्याण्डको बैंककसम्म ‘रोड कनेक्टिभिटी’बारे अध्ययन गर्न थाइल्याण्ड प्रस्थान गरेको छ।
      
टिवानका अध्यक्ष कृष्ण आचार्यको नेतृत्वमा १८ सदस्यीय टोली आज थाइल्याण्ड प्रस्थान र त्यहाँ रहँदा थाइल्याण्डदेखि काठमाडौंसम्म पर्यटकीय बस सञ्चालनबारे पर्यटन व्यवसायी तथा सरकारी निकायसँग छलफल गर्ने कार्यक्रम रहेको जनाइएको छ। 

टिवान अध्यक्ष आचार्यले कम्बोडियामासमेत पर्यटन प्रवर्द्धनका बारेमा छलफल गर्ने कार्यक्रम रहेको बताए। सरकारले आगामी वर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेकामा त्यो पूरा गर्न यस्ता भ्रमणले सहयोग पुग्ने उनको विश्वास छ। 
      
टिवानले हाल काठमाडौंदेखि नेपालका विभिन्न पर्यटकीय गन्तव्यमा पर्यटक बसमार्फत आन्तरिक तथा बाह्य पर्यटकलाई आवतजावत गराउँदै आएको छ।

नेपालको काँकरभिट्टा नाकादेखि थाइल्याण्डको बैंककसम्म ३ हजार ३ सय ७७ किलोमिटर दुरी रहेको छ। थाइल्याण्डको बैंककबाट नेपाल आउनका लागि वर्मा, बंगलादेश, भारत हुँदै काँकरभिट्टा नाकाबाट नेपाल आउन सकिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?