मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नेपाली डकुमेन्ट्री ‘देवी’ले न्युजिल्याण्डमा जित्यो उत्कृष्ट अवार्ड

न्युजिल्यान्डको डकएज फेस्टिभलमा छनोट भएको नेपाली डकुमेन्ट्री ‘देवी’ले ‘एज अ इम्प्याक्ट’ विधामा उत्कृष्ट अवार्ड जितेको छ ।
६ वटा क्याटेगोरीमा प्रतिस्पर्धा गरेको उक्त डकुमेन्ट्री पत्रकार सुविना श्रेष्ठले निर्देशन गरेकी हुन् ।

न्युजिल्यान्डको वेलिङ्टनमा जुन २३ देखि २७ सम्म आयोजना भएको फेस्टिभलमा ६६ वटा डकुमेन्ट्री प्रतिस्पर्धामा थिए । देवी ६ वटा विधामध्ये ‘एज अ इम्प्याक्ट’ मा उत्कृष्ट ठहरिएको हो ।

सत्यनिष्ठा र मेलमिलाप भन्ने थिममा आधारित भएर प्रतिष्पर्धा गरेका फिल्ममध्ये श्रेष्ठको देवी छनोट भएको थियो । त्यस्तै उक्त डकुमेन्ट्री कोरियाको डिएमजेड फेस्टिभलमा पनि छनोट भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?