मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पोखरामा पुनः सञ्चालनमा आयो क्युएफएक्स 

काठमाडौँ– पोखरामा क्युएफएक्स पुन सञ्चालनमा आएको छ । क्यएफएक्सको  बिहीबार गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले सिनेमा हलको उद्घाटन गरेका हुन् । 

पोखरा ट्रेडमलमा रहेको सिनेप्लेक्स परिणत भई क्युएफएक्सका रुपमा सञ्चालनमा आएको हो । पोखरा सिनेप्लेक्सको हल आफ्नो व्यवस्थापनमा सञ्चालनमा ल्याएको क्युएफएक्सले जनाएको छ। 

सुविधा सम्पन्न हलहरूमा दर्शकले  आरामदायी सिट, आधुनिक प्रोजेक्सन र साउण्ड सिष्टम तथा टु डी र थ्री डी स्क्रिन सहित चलचित्र हेर्न पाउने सुविधा रहेको क्युएफएक्सले जनाएको छ । पोखरा सँगै देशभर क्युफएएक्स सिनेमाको पर्दा सङ्ख्या ४० र हल सङ्ख्या १७ पुगेको छ।

सो अवसरमा पोखरामा पत्रकार र दर्शकलाई  बहुप्रतिक्षित सिनेमा ‘कल्की’ निःशुल्क देखाइएको छ ।

क्युएफएक्सको शुभारम्भ कार्यक्रममा पोखराका व्यावसायिक देखि सामाजिक व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो । पोखरामा यसअघि २०७३ सालमा क्युएफएक्स सञ्चालनमा आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?