मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पहिलो राष्ट्रपति बहसमा आमने सामने भए वाइडेन-ट्रम्प

काठमाडौँ – अमेरिकामा यसै वर्ष नोभेम्बर ५ मा राष्ट्रपतिको निर्वाचन हुँदै छ । यसै सन्दर्भमा पहिलो राष्ट्रपति बहस सम्पन्न भएको छ ।

यस बहसमा वर्तमान राष्ट्रपति तथा डेमोक्र्याट नेता जो वाइडेन र उनका रिपब्लिकन प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पबीच भएको हो । चार वर्षपछि फेरि दुवै नेता आमनेसामने भएका हुन् ।

सिएनएनले आयोजना गरेको यो टिभी बहस ९० मिनेटसम्म चलेको थियो । बहसको अन्त्यमा कसले वक्तव्य दिने भन्ने बारे टस गरिएको थियो र सो टस डोनाल्ड ट्रम्पले जितेका थिए ।

बहस अघि वाइडेन र ट्रम्पले हात मिलाउन अस्वीकार गरेका थिए भने वाइडेनले ट्रम्पलाई कस्तो छ भनेर सोधेको प्रश्नको जवाफ ट्रम्पले दिएका थिएनन् ।

बहस विभिन्न मुद्दामा भएको थियो । जसमा अवैध आप्रवासी, एभर्सन, इजरायल- हमास युद्ध, रुस युक्रेन युद्ध, रुस र चीन सम्बन्ध, बन्दुकबाट हुने अपराध, कर, महँगी, बेरोजगारी र जलवायु परिवर्तन जस्ता मुद्दामा बहस भएको थियो ।

बहसका क्रममा राष्ट्रपति वाइडेनको स्वास्थ्य ठिक नरहेको प्रस्ट देख्न सकिन्थ्यो । उनले बोल्न सङ्घर्ष गरिरहेको टेलिभिजनमा देखिएको थियो ।

बहसका क्रममा वाइडेनले ट्रम्पले धेरै विषयमा झुट बोल्ने गरेको आरोप लगाएका थिए भने ट्रम्पले वाइडेन अमेरिकी इतिहासमा अहिलेसम्मकै असफल राष्ट्रपति भएको बताएका थिए ।      

यो बहस सीएनएनका एन्कर जेक ट्यापर र डाना बासले सञ्चालन गरेका थिए । बहसका लागि केही नियम बनाइएको थियो । मुख्य प्रश्नको जवाफ दिन दुवैलाई २-२ मिनेटको समय दिइएको थियो भने आरोपहरूको प्रतिवाद गर्न एक एक मिनेटको समय दिइएको थियो । एक उम्मेदवार बोल्दा अर्को उम्मेदवारको माइक अफ गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?