मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नायिका अनुष्का शेट्टीलाई लागेको हाँसिरहने रोग कस्तो रोग हो ?

काठमाडौँ – दक्षिण भारतीय अभिनेत्री अनुष्का शेट्टीलाई हाँसिरहने दुर्लभ रोग लागेको छ ।

चिकित्सकीय भाषामा यो रोगलाई स्यूडोबुलबार इफेक्ट भनिने यो रोगको शिकार भएकी उनी एक पटक हाँस्न थालेपछि १५ देखि २० मिनेटसम्म हाँसिरहन्छिन् ।

यसबारे उनले हालै एक अन्तरवार्तामा अनुष्काले यसको खुलासा गरेकी हुन् । धेरैलाई समस्या जस्तो नलागे पनि आफू हाँस्न थालपछि १५–२० मिनेटसम्म आफ्नो हाँसो रोक्नै नसक्ने उनको भनाइ छ ।

अन्तरवार्ताका क्रममा उनले यो समस्याका कारण कयौँ पटक सुटिङ नै रोक्नु परेको अनुभव सुनाएकी छिन् ।

के हो स्यूडोबुलबार इफेक्ट ?

यो एकखालको न्यूरोलॉजिकल डिसअर्डर हो । यसमा बिरामीले हाँस्ने, रुने र अन्य भावनालाई कयौँ पटक रोक्नै सक्दैनन् । 

बिरामीको वास्तविक स्थितिसँग यी भावनाको कुनै सम्बन्ध हुन्न । यसका लक्षणहरू भावनात्मक र मस्तिष्कको कमजोरीसँग सम्बन्धित छन् । त्यसैले यसलाई न्यूरोसाइकियाट्रिक रोग मानिन्छ ।

यस्तो हुँदा गहिरो र सुस्तरी सास लिने अनि आफ्नो दिमागलाई कुनै अन्य विषयमा केन्द्रित गर्दा सहजता मिल्ने विज्ञहरू बताउँछन् । काँध, घाँटी र छाती वरपरका मांसपेशीलाई आराम दिँदा पनि उपयोगी हुन सक्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?