फिल्म ‘महाजात्रा’का बालकलाकार खड्का उच्च अंकसहित एसइई उत्तीर्ण

काठमाडौँ– फिल्म ‘महाजात्रा’का बालकलाकार अर्बिन खड्काले उच्च जीपीएसँगै एसइई परीक्षा उत्तीण गरेका छन् । बिहिबार राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजमा उनले ३ दशमलव ६१ जीपीए ल्याएर उत्तीर्ण गरेका हुन् ।

आदर्श विद्या मन्दिरका विद्यार्थी अर्बिनले राम्रो अंक ल्याएको विज्ञान विषय पढ्ने र प्राविधिक क्षेत्रमा केही गर्ने सोच बनाएको बताएका छन् । उनी अभिनित फिल्म ‘महाजात्रा’ छैटौँ दिनमा प्रर्दशनरत रहँदा एसईईमा सहभागी भएका थिए ।

अर्बिनले फिल्ममा नायक विपिन कार्की र नायिका वर्षा राउतको छोराकाे भूमिका निभाएका थिए । चैत ९ बाट प्रदर्शनमा आएको फिल्मले ५१ दिन मनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?