मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

लामो समय पिसाब च्यापेर बस्ने बानी हुनसक्छ यति घातक

हामी धेरैजसोको बानी हुन्छ दिसा–पिसाब आउने बित्तिकै शौचालय नजाने अल्छी गर्ने । सकेसम्म रोकेर बस्न खोज्छौ र धेरै नै च्यापेपछि मात्रै हामी शौचालय जान्छौ जुन निकै खराब बानी हो ।

जसरी हामीले भोक लाग्नसाथ खाना–खाजा खान्छौ र यदि खाएनौ भने ग्यास्ट्रिक,पेटसम्बन्धी निम्तन्छ । यसैगरी हामीलाई दिसा–पिसाब लागेको हामी समयमै शौचालय गएनौ भने विभिन्न समस्याहरू निम्तन सक्छ । 

पिसाब भनेको हाम्रो शरीरको विकार पदार्थ हो र यसलाई समयमै विसर्जन गरिएन भने इन्फेक्सन हुनसक्छ । यस्तै पिसाब थैलीको बनावट बेलुन जस्तै हुन्छ । पिसाब लाग्दा फुल्ने र फेरिसकेपछि सुक्ने इलास्टिक जस्तो हुन्छ । तर पिसाब समयमा फेरिएन भने इलास्टिक घट्दै जाने हुन्छ । 

सामान्यतया मिर्गौलाबाट आउने नलीबाट पिसाब थैलीमा आएको पिसाब फेरि युरेटरमा फिर्ता जाँदैन । तर कोही बच्चामा रिफ्लेक्स डिजिज पिसाब थैलीको पिसाब पनि मूत्र नलीतिर गएर मिर्गौलासम्म पनि जान सक्ने हुन्छ । त्यस्तो रिफ्लेक्स डिजिज भएको बच्चाले लामो समय पिसाब रोकेर राख्दा मिर्गौलाकै सङ्क्रमण नै पनि हुन सक्छ । 

वयस्कहरूमा   पिसाब रोक्ने समस्याले स्टोन हुनसक्छ, पिसाब थैलीको भित्ताहरू बाक्लो हुने हुन्छ सम्भावना अधिक हुन्छ । र फिल्डमा काम गर्ने व्यक्तिहरुले शौचालयको अभावमा पानी नै नखाने हुँदा पिसाब नै नलाग्ने हुनसक्छ । 

पिसाब रोक्ने बानीले पिसाबको सङ्क्रमण बारम्बार भइरहन सक्छ । लामो समय र बारम्बार पिसाब रोक्ने बानीले पिसाब थैली कमजोर हुने, मूत्र नलीमा ढुङ्गा बन्ने समस्या पनि हुन सक्छ । साथै पिसाब रोक्ने बानीले दीर्घकालीन रूपमा मिर्गौलाको समस्या नै निम्तिन सक्छ । 

यसले बालबालिकाहरूमा मिर्गौलाको समेत समस्या निम्ताउन सक्छ भने,वयस्कहरूमा स्टोन हुने सम्भावना प्रबल रहन्छ र उमेर ढल्किएका पुरुषहरुमा भने प्रोस्टेट बढेमा यस्तो समस्या हुनसक्छ । र पुरुषहरूको तुलनामा महिलाहरूको पिसाब नली सानो हुने हुँदा मूत्र नलीको सङ्क्रमण हुने खतरा बढी हुन्छ । 

दिनमा कति पटक र कति समयको अवधिमा पिसाब फेर्नुपर्छ ?

सामान्यतया दिनमा ७ देखी ८ पटक र दुई–दुई घण्टाको अवधिमा पिसाब फेर्ने गर्नुपर्छ । अघि छिटो छिटो पिसाब फेर्न दौडिरहनुपर्ने पनि राम्रो होइन र दुई घण्टा भन्दा लामो समयसम्म पिसाब नफेर्नाले पनि विभिन्न समस्या निम्तिन सक्छ ।

कुनै अवस्थामा पिसाब फेर्न सम्भव नै भएन भने पनि तीन घण्टाभन्दा बढी पिसाब रोकेर बस्नु हुँदैन । पिसाब थैली भरिएपछि मिर्गौलाले नै पिसाब कम बनाउन थाल्छ । त्यसैले लामो समय रोकेर बस्दा मिर्गौलामा समस्या निम्तिन सक्छ । यसकारण :

–प्रशस्त मात्रामा पानी पिउने

लामो समय पिसाब रोकेर नबस्ने

–शौचालयको सरसफाइमा ध्यान दिने

–विद्यालयमा पनि बच्चालाई समय समयमा शौचालय पठाउने

–बच्चालाई प्रशस्त मात्रामा पानी पिउन लगाउने गर्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?