रौतहट- रौतहटको कटहरिया नगरपालिका-८ पिप्रा पोखरियामा बर्थिङ सेन्टर निर्माण सुरू भएको छ।
कटहरिया नगरपालिकाको लगानीमा वडास्तरीय बजेटबाट पिप्रा पोखरिया र बलुआ बीचमा दुवै गाउँका मानिसलाई पायक पर्ने स्थानमा बर्थिङ सेन्टर निर्माण कार्य शुरू भएको हो।
वडा ८ का अध्यक्ष समिसविक्रम साहले ४५ लाख रुपैयाँको लागतमा बर्थिङ सेन्टर भवन निर्माणको पहिलो चरणमा कम्पाउण्ड वाल निर्माण भइरहेको जानकारी छन्।
यस आर्थिक वर्षको लगत्तै पुनः नगरपालिकाबाट आउने थप बजेटबाट भवन निर्माण शुरू गरिने साहले जानकारी दिएका छन्।
यसैबीच, कटहरिया नगरपालिकामा मेयर अजय प्रकाश जैसवालले बिहीबार निर्माण कार्यको स्थलगत निरीक्षण गर्दै गुणस्तरमा कुनै सम्झौता नगर्न वडाध्यक्ष साह तथा निर्माणमा कार्यरत मिस्त्रीलाई निर्देशन दिएका छन्।
वाल निर्माणपछि आर्थिक वर्षको पहिलो चरणमै नगरपालिकाबाट आवश्यक लगानी गरी आगामी आर्थिक वर्षभित्र भवन निर्माण पूरा गराई बर्थिङ सेन्टर सञ्चालन गराउने मेयर जैसवालले प्रतिबद्धता जनाएका छन्।
बर्थिङ सेन्टर सञ्चालन पछि पिप्रा पोखरिया र बालुवा गाउँका सयौँ महिलाले सुत्केरी गराउन अन्यत्र जानुपर्ने झन्झटबाट छुटकारा पाउने साहले बताए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया