मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

राष्ट्रपतिबाट ६ जना स्रष्टा सम्मानित

काठमाडौँ– नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले छ जना स्रष्टा तथा कलाकारलाई ‘नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०८०’ सपर्मण गरिएको छ ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले आफ्नो १४ औँ वार्षिकोत्सवका अवसरमा बुधबार राष्ट्रपति कार्यालय शीतलनिवासमा गरिएको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०८०’ का लागि मनोनयन स्रष्टाहरुलाई पुरस्कार सर्मपण गरेका हुन् ।

रङ्गमञ्च विधाबाट वरिष्ठ रङ्गकर्मी हरिहर शर्मा, परम्परागत तथा शास्त्रीय सङ्गीत विधाबाट वरिष्ठ सङ्गीतज्ञ चन्दन कुमार श्रेष्ठ, लोक सङ्गीत विधाबाट वरिष्ठ लोक गायक बोमबहादुर कार्की, नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०८० बाट सम्मानित भएका छन् ।

त्यसैगरी सङ्गीत विधाबाट वरिष्ठ गायिका तारा थापा, नाटक विधाबाट वरिष्ठ नाटककार गोपाल देवान, र नृत्य विधाबाट वरिष्ठ नृत्य निर्देशक जोगेन्द्र केसी नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०८० बाट सम्मानित भए ।

सम्मानित छ जना स्रष्टा कलाकारलाई जनही एक लाख एक रुपैयाँ नगद सहित ताम्रपत्रले सम्मान गरिएको थियो ।
समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले स्रष्टाहरुको सम्मान गर्न पाउँदा गौरवान्वित महसूस गरेको बताउँदै नेपालको सांस्कृतिक धरोहरलाई जोगाउन र विश्वभर चिनाउन स्रष्टाहरुको योगदान अविष्मरणीय रहेको बताए ।

उनले सङ्गीत र नाट्य कला हाम्रो समाजको अभिन्न अङ्ग र भावी पुस्ताको लागि महत्वपूण सम्पत्ति रहेको बताउँदै यसको संरक्षण र संवद्र्धनमा सङ्गीत नाट्य प्रज्ञा प्रतिष्ठानले खेलेको भूमिकाको प्रशंसा समेत गरे ।

कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले सम्मानित स्रष्टाहरुलाई बधाई दिँदै नेपाल र नेपाली पहिचानलाई विश्वसामु चिनाएको नेपालको सांस्कृतिक धरोहरलाई जोगाउन महत्वपूर्ण योगदान दिनुहुने स्रष्टा र कलाकारहरुको योगदानको चर्चा गरे ।

प्रतिष्ठानका कुलपति निशा शर्माले नेपाल बहुभाषी, बहुसांस्कृतिक, बहुधार्मिक, बहुजातीय मुलुक भएको बताउँदै जसरी भौगोलिक बनावटमा विविधता छ त्यसरी नै संस्कृतिमा पनि विविधता रहेको बताइन् ।

विविधतामा एकता नेपाली समाजको विशेषता भन्ने तथ्यलाई आत्मसाथ गरी राष्ट्रिय एकता र अखण्डतालाई मजबुत बनाउनका लागि संस्कृतिको अहम भूमिका हुने कुरामा उनले जोड दिइन् ।

कार्यक्रममा उपकुलपति शम्भु राईले हरेक वर्ष प्रदान गरिने नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कारको राशी बढाउन नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले प्रयास गरिरहेको जानकारी गराउँदै यसका लागि नेपाल सरकारसँग अक्षय कोष खडा गर्न निरन्तर पहल गरिरहेको सुनाए ।

समारोहमा प्रतिष्ठानकी सदस्य सचिव कुश्मा महरा, तीन प्रज्ञा प्रतिष्ठानका पदाधिकारीहरु, नेपाली सङ्गीत, नृत्य तथा नाटक विधाका वरिष्ठ स्रष्टा, साधक तथा कलाकारहरु र विभिन्न संघ संस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?