– मस्तिष्कको व्यायाम गर्ने सबैभन्दा सहज तरिकामध्ये लेखन पनि हो । लेख्दा मस्तिष्कका दुवै भाग सक्रिय बन्नुका साथै सजीव रहन्छ ।
– खाना बनाउँदा शरीरका कैयौँ इन्द्रियले काम गरिरहेका हुन्छन् । खाना बनाउँदा गन्ध, स्पर्श, दृष्टि र स्वाद थाहा पाउन मस्तिष्कका विभिन्न भाग सक्रिय बन्छन् । साथै, खाना बनाउँदा स्मरणशक्तिसमेत सक्रिय बन्ने मनोविद्हरूको भनाइ छ । यसकारण नयाँ–नयाँ खानेकुरा बनाउन सिक्न विज्ञहरूको सुझाव छ ।
– नयाँ सीप र नयाँ–नयाँ सोख पाल्नु भनेको एक प्रकारले दिमागको व्यायाम नै हो । अझ वाद्यवादन बजाउन सिक्नु भनेको मस्तिष्कको फरक किसिमको व्यायाम हो । यसकारण तपाईंहरू पनि आजैदेखि बुन्ने, गाउने, वाद्यवादन बजाउने, घुम्ने, सामाजिक सेवालगायत सोखको विकास गर्न सक्नुहुन्छ ।
– खेल तथा पजल मिलाउँदा ज्ञानसँगै मस्तिष्क पनि तेज बन्छ । यसले भविष्यमा हुन सक्ने बिर्सने रोगलाई पनि नियन्त्रण गर्ने विज्ञहरूको भनाइ छ ।
–सुन्दा अचम्म लाग्न सक्छ, नयाँ भाषा सिक्दैमा कसरी मस्तिष्कलाई व्यायाम हुन्छ भनेर । तर भाषा सिक्दा धेरै सुन्नु, पढ्नु र लेख्नुपर्छ । जसले मस्तिष्कमा उत्तेजना पैदा गर्छ । विज्ञहरूका अनुसार धेरै भाषा जान्ने मानिसमा अल्जाइमरको जोखिमसमेत कम हुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया