मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

टी-२० वरियतामा अस्ट्रेलियाका ट्राभिस हेड शिर्ष स्थानमा

काठमाडौँ । अस्ट्रेलियाका ओपनर ब्याट्सम्यान ट्राभिस हेड टी- २० वरियताको ब्याट्सम्यानको सूचीमा शिर्ष स्थानमा उक्लिएका छन् ।

आइसीसीले सार्बजनिक गरेको पछिल्लो वरियतामा हेडले चार स्थानको सुधार गर्दै ८४४ रेटीङसहित शिर्ष स्थानमा उक्लिएका हुन् ।

यस अघि शिर्ष स्थानमा रहेका भारतका सूर्यकुमार यादव दोस्रो स्थानमा झरेका छन् भने दोस्रो स्थानमा रहेका ईङल्याण्डका फिल साल्ट तेस्रो स्थानमा झरेका छन् ।

त्यस्तै पाकिस्तानका बाबर आजम र मोहमद रिजवान चौथो र पाँचौं स्थानमा झरेका छन् । त्यस्तै वेस्ट इन्डिजक जोन्सन चार्लेजले चार स्थानको सुधार गर्दै टप टेनमा इन्ट्री गरेका छन् ।

टी-२० क्रिकेटमा ब्याट्सम्यानको वरियतामा नेपालका दीपेन्द्र सिंह ऐरी ४६औं स्थानमा छन् भने अल राउण्डरको वरियतामा ऐरी सातौं स्थानमा रहेका छन् । त्यस्तै नेपालका कप्तान रोहित पौडेल ६१औं स्थानमा छन् भने आसिफ सेख ६९औं स्थानमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?