मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फेसबुकमा जथाभाबी लेख्ने गोपाल काफ्ले २० हजार धरौटीमा छुटे

मोरङ – सामाजिक सञ्जाल फेसबुकमा प्रमाणित नहुने विषय जथाभाबी लेखेर प्रहरी नियन्त्रणमा परेका मोरङ पथरीशनिश्चरे-१ का गोपाल काफ्ले सोमबार २० हजार धरौटीमा रिहा भएका छन्।

पक्राउ परेको सात दिनपछि जिल्ला अदालत मोरङले सोमबार (असार १० गते) २० हजार धरौटीमा काफ्लेलाई रिहा गरेको जिल्ला प्रहरी कार्यालय मोरङको प्रमुख नवराज कार्कीले बताए।

प्रहरीको नियन्त्रणमा परे पनि आफू पक्राउ नपरेको भन्दै गोपाल काफ्लेले समाजमा भ्रम सिर्जना गर्न खोजेका थिए।

काफ्लेले पटक-पटक अप्रमाणित विषयमा चरित्र हत्या हुने गरी सामाजिक सञ्जालमा तस्वीरसहित लेखेपछि विद्युतीय कारोबार ऐन (साइबर) अपराध सम्बन्धी जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी परेको थियो।

गोपाल काफ्लेले प्रमाण बिना पथरीशनिश्चरे नगर स्वास्थ्य विभाग प्रमुख मुरारी आचार्य, नगर पूर्वप्रमुख दिलीपकुमार राई (किशोर)को फोटो पोस्ट गरेका थिए।

संविधानसभा सदस्य चण्डीप्रसाद राई, पूर्वप्रदेश सभा सदस्य कृष्णकुमारी राईको तस्वीर पनि यसैगरी पोस्ट गरेका थिए।

जिल्ला प्रहरी कार्यालय मोरङको आदेश अनुसार असार ४ गते इलाका प्रहरी कार्यालय पथरीका डिएसपी गणेश प्रधानले पक्राउ गरेर जिल्ला पठाएका थिए।

साइबर अपराध गरेको दाबीसहितको मुद्दामा पक्राउ परेका काफ्लेलाई एक रात जिल्ला प्रहरीको नियन्त्रणपछि खोजेको बेला उपस्थित हुने गरी हाजिरी जमानीमा छाडिएको थियो।

नगर स्वास्थ्य विभाग प्रमुख मुरारी आचार्यले जिल्ला अदालत मोरङमा काफ्लेविरुद्ध मुद्दा हालेका छन्। उक्त मुद्दामा गोपाल काफ्लेसँगै रकमको बार्गेनिङ गर्ने पत्रकार नरेन्द्र बस्नेतलाई पनि विपक्षी बनाइएको छ।

बस्नेतलाई काफ्लेको सहयोगी बन्दै आचार्यसँग रकमको बार्गेनिङमा संलग्न भएको आरोप आचार्यले लगाएका छन्।

केही महिनाअघि यसैगरी पथरीशनिश्चरे-१ का वडाध्यक्षको बदनाम हुने विषय उठाएपछि इलाका प्रहरी कार्यालय पथरीमा उजुरी परेको थियो। सो विषयमा प्रहरी कार्यालयमा लिखित रूपमा माफी मागेपछि  काफ्लेलाई छाडिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?