मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

विवाहपछि सोनाक्षीले लेखिन् भावुक नोट

काठमाडौँ – बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले आफ्नो लामो समयदेखिका प्रेमी जहीर इकबालसँग जुन २३ मा दर्ता विवाह गरेकी छन् ।

 विवाहपछि सोनाक्षी सिन्हाको यो विवाह बारे भारतमा अनेकौँ विवाद भएका छन् । हिन्दु- मुस्लिम विवाह भन्दै कैयौँ ठाउँमा सोनाक्षीको विरोध गरिएको छ । 

यसैबीच सोनाक्षीले एक भावुक नोट शेयर गर्दै सबैप्रति आभार व्यक्त गरेकी छिन् । उनले आफू र जहीरलाई एकताबद्ध गर्न सारा संसार मिलेको महसुस गरेका छन् ।

सोनाक्षी सिन्हाले विवाहपछि पहिलो पटक सामाजिक सञ्जालमा पोस्ट गरेकी छिन् । 

उनले भनेकी छन्- ‘कस्तो दिन थियो । हाम्रो परिवार, साथीहरू, टोलीको माया, हाँसो, साथी, उत्साह र न्यानोपन । मायामा परेका दुई व्यक्तिले सधैँ चाहेको, आशा गरेको र प्रार्थना गरेको कुरा पूरा गर्न सारा ब्रह्माण्ड एकै ठाउँमा आएको जस्तो लाग्थ्यो । हामी एकअर्कालाई भेट्न पाउँदा र यति धेरै मायाको संरक्षणमा रहन पाउँदा धेरै धन्य महसुस गर्छौँ ।’

सोनाक्षीको विवाहलाई लिएर उनको परिवार खुशी नभएको विषय पनि धेरै पहिला देखि मिडियामा चर्चाको विषय बनेको थियो । यद्यपि सो चर्चा विपरीत उनका पिता शत्रुघन सिन्हा र आमा सोनाक्षीको विवाहमा सहभागी भएर दुवैलाई आशीर्वाद दिएको देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?