काठमाडौं- केन्यामा भएको सरकारविरोधी प्रदर्शनमा अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाकी सौतेनी दिदी घाइते भएकी छिन् ।
केन्याली संसद भवनअगाडि भएको प्रदर्शनमा ओबामाकी सौतेनी दिदी अउमा ओबामा घाइते भएको अमेरिकी टेलिभिजन च्यानल सीएनएनले जनाएको छ । आउमा ओबामाले सामाजिक सञ्जाल एक्समा फोटो पोस्ट गर्दै आफू पनि प्रदर्शनमा सहभागी भएको जानकारी दिएकी थिइन् ।
कर वृद्धिको विरोधमा प्रदर्शनकारीले राजधानी नौरोबी संसद भवनअगाडि हिंसात्मक प्रदर्शन गरेरँगै सुरक्षाकर्मीले गोली चलाएका थिए । गोली लागेर ५ जनाको मृत्यु भइसकेको छ भने अरु दर्जनौँ घाइते भएका छन् ।
प्रदर्शनका क्रममा सौतेनी दिदी घाइते भएकोबारे पूर्वराष्ट्रपति ओबामाको कार्यालयले कुनै प्रतिक्रिया नजनाएको रोयटर्सले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया