हामी सबैको भान्सामा तरकारी काट्न प्रयोग हुने चिज हो चपिंग बोर्ड । चपिंग बोर्ड कुनै प्लास्टिकका त कुनै काठका हुन्छन् । तर प्रायजसोले प्लास्टिकको चपिंग बोर्ड प्रयोग गर्छन् ।
के तपाई पनि प्लास्टिकको चपिंग बोर्ड प्रयोग गर्नुहुन्छ भने अब देखी सचेत रहनुहोस् । प्लास्टिकको चपिंग बोर्डमा तरकारी काट्नु स्वास्थ्यका हानिकारक हुन्छ ।
प्लास्टिकको चपिंग बोर्डमा राखेर काटेका तरकारी हानिकारक माइक्रोप्लास्टिकको एउटा खतरनाक श्रोत हुन सक्छ । माइक्रोप्लास्टिकका साना कण हुन्छन् जुन खानासँग तपाईँको पेटमा पुग्दछन् ।
प्लास्टिकको चपिंग बोर्ड मात्र नभएर राम्रोसँग सफा गरिएन भने काठको चपिङ बोर्डमा काटिएका तरकारीहरु पनि स्वास्थ्यका लागी नोक्सानदायक हुन सक्छ ।
यसकारण तरकारी काटिसकेपछि चपिङ बोर्ड राम्ररी सफा गरेर राख्न आवश्यक छ । प्लास्टिकको चपिंग बोर्डको प्रयोग गर्दा वान्ता हुने तथा पखाला लाग्ने जस्तो समस्या पनि हुन सक्छ । यस्तो भयो भने यसको प्रयोग तुरुन्तै बन्द गर्नुपर्छ ।
प्लास्टिकको चपिंग बोर्डलाई सफा राखेर प्रयोग गर्दा यसका किटाणु मरे पनि तरकारी वा फल काट्ने समयमा आउने प्लास्टिकबाट भने बच्न सकिँदैन ।
त्यसैले तुलनात्मक रूपमा काठको चपिंग बोर्ड प्रयोग गर्नु सुरक्षित हुन्छ । तर, यसको सरसफाईमा भने एकदमै धेरै ध्यान दिनुपर्छ ।
तपाईँहरूले आफ्नो भान्सामा गर्ने स–सना गल्तीहरूले तपाईँलाई रोगको सिकार बनाउन सक्छ यसकारण आफू स्वस्थ रहन पहिला भान्सालाई स्वस्थ बनाउनुहोस् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया