मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बागमतीसहितका स्थानमा भारी वर्षाको चेतावनी, कस्तो रहला अन्य स्थानको मौसम ?

काठमाडौँ – अहिले देशभर आंशिक देखि साधारणतया बदली रहेको छ ।

बागमती,कोशी र गण्डकी प्रदेशको केही स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि वर्षा भइरहेको जल तथा मौसम विज्ञान,मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

अहिले देशभर मनसुनी वायुको आंशिक प्रभाव  रहेको छ भने दिउँसो कोशी, मधेश, बागमती, गण्डकी  र लुम्बिनी प्रदेशमा पूर्ण बदली रही बाँकी भू–भागमा आंशिक  देखि साधरणतया बदली रहने छ।

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

साथै कोशी ,मधेश, बागमती र गण्डकी प्रदेशका एक–दुई  स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । त्यस्तै आज राती कोशी, मधेश, बागमती, गण्डकी  र लुम्बिनी प्रदेशमा पूर्ण बदली रही बाँकी भू–भागमा आंशिक  देखि साधरणतया बदली रहने छ।

कोशी, मधेश र बागमती प्रदेशका धेरै स्थानहरूमा, गण्डकी र  लुम्बिनी प्रदेशका केही स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

साथै कोशी ,गण्डकी ,कर्णाली र सुदूरपश्चिम प्रदेशका  एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाको पूर्वानुमान छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?