मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

चरम जङ्गली आगोको आवृत्ति र परिमाण विगत २० वर्षमा दोब्बर

काठमाडौँ – विश्वभर अधिकतम गर्मी मापन भएसँगै जलवायु परिवर्तनले निम्त्याएको जङ्गली आगलागीको बढ्दो उग्रताका लागि संसार तयार नरहेको वैज्ञानिकहरू बताएका छन् । 

यस मौसमको सुरुमा टर्की, क्यानाडा, ग्रिस र संयुक्त राज्य अमेरिकाको जङ्गलका धेरै भागहरूमा आगलागी भइसकेको छ । हालैका वर्षहरूमा आगलागी नियन्त्रणका लागि अतिरिक्त स्रोतहरू प्रयोगमा ल्याइए पनि योजना र तयारी पर्याप्त नभएको विज्ञहरुले बताएका छन् । 

मौसमी अवस्था सहित धेरै कारकहरूको अध्य्यनअनुसार आगलागीको परिणाम कति नराम्रो हुन्छ भनेर भविष्यवाणी गर्नु वा कहाँ र कहिले विपद् निम्तिन्छ भनी आङ्कलन गर्नु चुनौतीपूर्ण हुन सक्छ ।

तर समग्रमा, जङ्गलमा आगलागी ठुलो हुँदै गइरहेको छ र अझ गम्भीर रूपमा बढी रहेको छ । यस्तो चरम घटनाहरूको आवृत्ति र तीव्रताको जाँच गर्ने लेखक डोएरले भने । जुनमा प्रकाशित एउटा छुट्टै अध्ययनका अनुसार चरम जङ्गली आगोको आवृत्ति र परिमाण विगत २० वर्षमा दोब्बर भएको देखिन्छ ।

संयुक्त राष्ट्र पर्यावरण कार्यक्रमको सन् २०२२ को प्रतिवेदनअनुसार शताब्दीको अन्त्यसम्ममा विश्वभर चरम जङ्गली आगोको सङ्ख्या ५० प्रतिशतले बढ्ने अनुमान गरिएको छ। डोएरले मानव समुदायले अहिलेसम्म यो वास्तविकताको सामना नगरेको बताए।

“हामी अहिले सामना गरिरहेका अवस्थाका लागि स्पष्ट रूपमा तयार छैनौँ । भूमि प्रयोग र आवास विकासजस्ता अन्य कारकहरूले यस अवस्थाका लागि ठूलो भूमिका खेल्ने भएतापनि जलवायु परिवर्तन एक प्रमुख चालक हो“, “, उनले भने । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?