मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अफगानिस्तान टी २० विश्वकपको सेमिफाइनलमा, को को फर्के घर ?

आईसीसी टी २० विश्वकपअन्तर्गत सुपर ८ का सबै खेलहरु सम्पन्न भएका छन् । यससँगै सेमिफाइनल समीकरण पनि पूरा भएको छ । यस पटकको विश्वकपको सेमिफाइनलमा भारत, अफगानिस्तान, दक्षिण अफ्रिका र इङ्ग्ल्याण्ड पुगेका छन् ।

आज भएको सुपर ८ को अन्तिम खेलमा अफगानिस्तानले बंगलादेशलाई ८ रनले पािरजत गरेको छ । अफगानिस्तानले दिएको ११४ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको बंगलादेशले १७ ओभर ५ बलमा सबै विकेट गुमाउँदै १०५ रन बनायो ।

त्यसअघि सेन्ट भिन्सेन्टको किङ्ग्सटाउनस्थित आर्नोस भेल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै ११५ रन बनाएको थियो । दोस्रो इनिङ्ग्सको १२ औँ ओभरमा वर्षा भएपछि डकवर्थ लुइस मेथड अनुसार बंगलादेशले १९ ओभरमा ११४ रन ल्याउनुपर्ने संशोधित लक्ष्य पायो ।

यस खेलसँगै अफगानिस्तान सेमिफाइनल प्रवेश गरेको छ । बंगलादेश र अफगानिस्तानसँगै सुपर ८ को समूह १ मा रहेको भारत पनि यसअघि नै सेमिफाइन पुगिसकेको थियो । यस्तै, अस्ट्रेलिया भने सुपर ८ बाटै घर फर्केको छ ।

सुपर ८ को समूह १ को शीर्ष स्थानमा रहँदै भारत सेमिफाइनल पुगेको हो । सुपर ८ मा भारतले खेलेका ३ खेलमा शत प्रतिशत नतिजा निकाल्यो । समूह १ को दोस्रो स्थानमा रहेको अफगानिस्तानले अस्ट्रेलिया र बंगलादेशलाई पराजित गर्दा भारतसँगको खेल हार्न पुग्यो ।

सुपर ८ को अर्को समूहबाट दक्षिण अफ्रिका र इङ्ग्ल्याण्डले अंकतालिकाको क्रमशः पहिलो र दोस्रो हुँदै सेमिफाइनलको यात्रा तय गरेका छन् । दक्षिण अफ्रिकाले सुपर ८ का तीन खेलमा शत प्रतिशत नतिजा निकाल्दा इङ्ग्ल्याण्डले वेस्ट इण्डिज र अमेरिकालाई पराजित गरेको थियो भने दक्षिण अफ्रिकासँग पराजित भएको थियो ।

अब सेमिफाइनलमा दक्षिण अफ्रिका र अफगानिस्तान तथा इङग्ल्याण्ड र भारतबीच प्रतिस्पर्धा हुनेछ । २७ जुनका दिन ट्रिनिडाडको ब्रायन लारा मैदानमा दक्षिण अफ्रिका र अफगानिस्तानबीचको खेल नेपाली समयअनुसार बिहान सवा ६ बजे शुरु हुनेछ ।

त्यस्तै, सोही दिन बेलुकी सवा ८ बजे भारत र इङ्ग्ल्याण्ड गुएनाको प्रोभिडेन्स मैदानमा आमनेसामने हुनेछन् । दुबै सेमिफाइनलका विजेताबीच आगामी २९ जुनका दिन बार्बाडोसको ब्रिजटाउनमा फाइनल खेल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?