मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

जनकपुरधाममा आजदेखि अन्तर्राष्ट्रिय चलचित्र महोत्सव

जोयनेपाल
130
Shares
?????? ???? ??????? ?????????? ?????? ?????????????? ????? ?????? ? ??????: ???????? ???/????

धनुषा– जनकपुरधाममा अन्तर्राष्ट्रिय मैथिली चलचित्र महोत्सव आजदेखि सुरु हुँदैछ। जनकपुरधाम उपमहानगरपालिका तथा लोक सञ्चार जनकपुरधामद्वारा संयुक्त रुपमा पहिलो पटक महोत्सव आयोजन हुन लागेको हो।

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले महोत्सवको शुभारम्भ गर्नहुने कार्यक्रम रहेको लोक सञ्चारका अध्यक्ष एवं कार्यक्रम संयोजक रमेश रञ्जन झाले जानकारी दिए। दुई दिनसम्म चल्ने महोत्सवमा ललका पाग, लोटस ब्लुम्स र समानान्तर गरेर तीनवटा ‘फिचर फिल्म’को प्रदर्शन हुने उनले बताए। यसैगरी बृत्तचित्र गुमकी र विद्यापति तथा लघुफिल्म रक्त तिलक, अफवाह प्रदर्शन हुनेछन्। यसका साथै मैथिली सिनेमाको निर्माण र व्यवसाय तथा समकालीन परिदृश्यमा मैथिली सिनेमा विषयमा विमर्श हुने कार्यक्रम रहेको जनाइएको छ।

“हामीले चलचित्र प्रदर्शनीसँगै अन्तक्र्रियात्मक कार्यक्रम गर्दैछौँ, यस महोत्सवको उद्देश्य मुलतः मैथिली भाषामा बनिरहेका चलचित्रलाई हेर्नु र स्थानीयले त्यसलाई कसरी लिइरहेका छन् भन्ने विषयमा बुझ्नु हो, कार्यक्रम संयोजक रञ्जनले भने। उनले मैथिलीभाषीको सङ्ख्या धेरै रहे तापनि यसले चलचित्रको विकास नहुनुका कारण पत्ता लगाउन यस्ता महोत्सव आवश्यक रहेको बताए।

उनले भने, “हामीकहाँ भएका प्राविधिकले नेपाली चलचित्रसँगै भारतीय चलचित्रमा समेत काम गरेका छन्, उनीहरूले मैथिली भाषामा काम गर्ने वातावरण किन बनेन भन्ने एउटा जिज्ञासालाई यसले मेट्छ भन्ने विश्वास छ, किनकि मैथिली भाषाको चलचित्र विभिन्न प्रसिद्ध महोत्सवमा समेत पुगिसकेको छ तर हाम्रो बजारमा हिन्दी र भोजपुरी भाषाका चलचित्रको मात्र बाहुल्यता छ।”

उनले सन् १९५० को दशकदेखि नै मैथिली भाषाको चलचित्र बनिरहे तापनि पछिल्लो समय सङ्ख्यात्मक र गुणात्मक रूपमा कमी आएकाले यस्ता महोत्सव आवश्यक रहेकामा जोड दिए। महोत्सवमा वृत्तचित्रतर्फ ‘गुमकी’ र ‘विदापत’ तथा लघुचलचित्रतर्फ ‘अफवाह’ प्रदर्शन गरिनेछ। यस्तै भारतमा निर्मित चलचित्रतर्फ ‘ललका पागु’, ‘लोटस ब्लूम्सु’ ‘समानान्तर’ र लघुचलचित्र ‘रक्त तिलक’ प्रदर्शन गरिने जनाइएको छ।

साथै महोत्सवमा ‘मैथिली सिनेमाक निर्माण आ व्यवसाय’, ‘निर्देशक सँ विमर्श’, ‘समकालीन परिदृश्य मे मैथिली सिनेमा’, ‘मैथिली सिनेमाक विविध स्वरूप आ सम्भावना’ शीर्षकमा अन्तर्क्रिया गरिने कार्यक्रम संयोजक रञ्जनले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?