काठमाडौं- आफूलाई तपश्वी भनी दाबी गर्ने रामबहादुर बम्जन बाल यौन दुराचार गरेको कसूरमा दोषी ठहर भएका छन् ।
जिल्ला अदालत सर्लाहीले उनलाई बाल यौन दुरुपयोग कसुरमा दोषी ठहर गरेको हो । न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले सोमबार उनलाई दोषी ठहर गरेको हो । उनलाई अब असार १७ गते सजाय निर्धारण गरिनेछ ।
अदालतले रामबहादुरसँगै तोप्चेङ महात्मा गुरु भनिने ज्ञानकुमार बम्जन र जेबी गुरु भनिने जितबहादुर तामाङलाई पनि दोषी ठहर गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बम्जनलाई गत २४ पुसमा काठमाडौंबाट पक्राउ गरेको थियो ।
बम्जनमाथि सर्लाही र सिन्धुपाल्चोकलगायत विभिन्न जिल्लामा आश्रम खडा गरी जबरजस्ती करणी, व्यक्ति बेपत्ताजस्ता आरोप लागेको छ ।
सर्लाही जिल्ला अदालतले मुद्दाको फैसला गरेसँगै उनलाई सिन्धुपाल्चोक, नुवाकोट र मकवानपुर जिल्ला अदालतमा पनि पेश गरिने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया